बिज्ञान प्रबिधि

नयाँ भेन्टिलेटर सिस्टम परीक्षण गर्दै महावीर पुन

पुराना भेन्टिलेटर मर्मतसँगै राष्ट्रिय आविष्कार केन्द्रले यतिबेला नयाँ भेन्टिलेटर सिस्टम पनि विकास गरेर परीक्षण गर्ने काम गरिरहेको छ। ‘हामीले यो भेन्टिलेटर सिस्टम श्वास लिन गाह्रो भएका बिरामीलाई एम्बुलेन्समै समेत भेन्टिलेटर सुविधा दिन सकिन्छ भनेर विकास गर्न खोजेका हौं’, महावीर पुन भन्छन्, ‘बिरामीको मुखमा यो सिस्टम जोड्दा त्यसले अक्सिजन पम्प गर्दिन्छ।’

उनका अनुसार इन्जिनियरिङका लागि ख्याती कमाएको अमेरिकी विश्वविद्यालय एमआइटीका विद्यार्थीले अनुसन्धान गरेर विकास गरेको प्रणालीअनुसार नयाँ भेन्टिलेटर सिस्टम बनाउन लागिएको हो। ‘एमआईटीका विद्यार्थीले विकास गरेको ओपनसोर्सबाट भेन्टिलेटरजस्तो यो सिस्टम विकास गरेका छौं। त्यसको परीक्षण कार्य भइरहेको छ’, महावीर पुन भन्छन्, ‘स्वास्थ्यसँग सम्बन्धित कामको लागि बायोमेडिकल इन्जिनियरहरुले सहयोग गरिरहनु भएको छ। सबै हिसाबले परीक्षण सफल भइसकेपछि मात्र हामी यसलाई सार्वजनिक रुपमा परिचय गराउने छौं।’

‘आइसोलेसनमा रहेका मानिसहरुलाई खाना पुर्याउन रोबटको विकास गर्ने काम पनि गरिरहेका छौं’, पुन भन्छन्, ‘एक पटक प्रयोग भइसकेको मास्क र पीपीई गाउनलाई किटाणुरहित बनाएर फेरि प्रयोग गर्नका लागि युभी टिर्टमेन्ट सिस्टम बनाउन प्रयास गरिरहेका छौं।’ यो बाहेक कोरोनाले सिकिस्त भइसकेका बिरामीलाई राखेर जाँच्ने इन्क्युबेसन बाकास समेत केन्द्रले विकास गर्दैछ।

अनुसन्धान र आविष्कारमा विश्वविद्यालयहरुको भूमिका शून्य रहेको नेपालमा आविष्कार केन्द्रले त्यो खाडल पुर्ने प्रयास गरिरहेको हो। ‘अहिले कोरोनाका कारण हामी सबै त्यसमै केन्द्रित भएका छौं तर केही समयपछि फेरि नियमित अनुसन्धान र आविष्कारका काममा फर्किनेछौं’, महावीर पुन भन्छन्।

कोरोना भाइरसको महामारीपछिका काम राष्ट्रिय अनुसन्धान केन्द्रले दाता र सापटीका भरमा चलाइरहेको छ। पुनका अनुसार पीपीईको लागि २० लाख ८० हजार रुपैयाँ खर्च भएको छ। बुथ निर्माणको लागि ७ लाख अनि अनुसन्धानमा २ लाख रुपैयाँ सकिएको छ। ‘अहिलेसम्मको हाम्रो काम देखेर केही व्यक्ति खुशी भएर स्वेच्छाले १७ लाख ८० हजार आर्थिक दान दिनुभएको छ’, महावीर पुन भन्छन्, ‘समयमै बैंकबाट पैसा झिक्न नपाउँदा १० लाख रुपैयाँ सापटी लिएर काम चलाइरहेका छौं

Related Articles

Back to top button
Close