अन्तर्राष्ट्रिय समाचार

कोरोना भाइरसलाई जितेपछि भाइरल भए यी १०१ वर्षीय वृद्ध

विज्ञहरूले वृद्ध उमेरका मानिस कोरोना भाइरसको बढी जोखिममा रहेका बताइरहेका बेला बेलायतका १०१ वर्षीय संक्रमित स्वस्थ भएका छन्।

बेलायतको वोरसेस्टरसायरका १०१ वर्षका किथ वाट्सन आफूलाई कोरोना संक्रमण भए पनि निको हुन सफल भएका हुन्।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शल्यक्रियाका लागि अस्पताल भर्ना भएका उनलाई कोरोना भाइरसको संक्रमण भएको थियो।तर अस्पतालबाट उनी निको भएर घर फर्किएका छन्। अहिले किथको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्ष (आईसीयू) बाट निकालिएको छ।बेलायती प्रधानमन्त्रीको कार्यालयका अनुसार लन्डनस्थित सेन्ट टमसेज अस्पतालमा उपचार गराइरहेका जोनसनलाई बिहीबार बेलुका आईसीयू वार्डबाट सारिएको हो।तर उनी अझै केही दिन अस्पतालमै रहनेछन्।प्रधानमन्त्री कार्यालयले विज्ञप्तिमार्फत भनेको छ,‘उहाँलाई डाक्टरहरूले निकटमा रहेर निगरानी गर्नेछन्।’

Related Articles

Back to top button
Close