समाचार

काठमाडौं उपत्यकामा रहेकालाई बाहिर पठाउने निर्णय रद्द

लकडाउनका कारण काठमाडौँमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय परिवर्तन भएको छ ।कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित गृहमन्त्रीलगायतको छलफलले उपत्यकाका मानिसलाई बाहिर पठाउदा कोरोनाको थप जोखिम हुनसक्ने भन्दै बाहिर नपठाउने निर्णय गरेको हो ।

यसअघि सरकारले उपत्यकामा बसोबास गरेका र घर जान चाहनेहरुलाई बाहिर पठाउने भनेर समाचारहरु सार्वजनिक भएका थिए ।‘छलफल मात्र भएको हो । निर्णय भएको होइन । अहिले मानिसहरु बाहिर पठाउदा थप जोखिम हुने भएकाले तत्काल यस्तो निर्णय नगरिएको हो ’, समितिका संयोक पोखरेलका स्वकीय सचिव प्रभात कट्वालले रातोपाटीलाई जानकारी दिए ।

फिफा बरियतामा नेपाल यथा स्थानमा रहेको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहिबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १ सय ७० औं अर्थात् यथास्थानमा रहेको हो । कोरोना भाईरसको कारण फुटबलका गतिविधि ठप्प भएसँगै बरियतामा समेत फेरबदल नभएको हो । नेपाल दक्षिण एसियाली राष्ट्रमा तेस्रो स्थानमा छ ।

Related Articles

Back to top button
Close