समाचार

काठमाडौं बाहिर जानेलाई तत्काल पठाउन सकिँदैनः यातायात मन्त्री

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौं बाहिर जानेलाई तत्काल पठाउन नसकिने बताएका छन् । अहिले उपत्यका बाहिर पठाउनका लागि त्यस्तो कुनै तयारी नै नभएको कान्तिपुरलाई बताए ।

कोभिड १९ संक्रमण रोकथाम तथाउच्चस्तरीय समितिको सचिवालयबाट भएको निर्णय सार्वजनिक भएपछि मन्त्री नेम्‍वाङ उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेट्न रक्षा मन्त्रालय पुगेका थिए।

मन्त्री नेम्‍वाङले कान्तिपुरलाई भने, ‘हामीसँग पर्याप्त स्रोत र साधन छैन। तत्काल उपत्यकाबाट बाहिर कसैलाई पठाउन सकिँदैन।’ यद्यपि मन्त्री नेम्वाङले भने काठमाडौंबाट बाहिर पठाउने विषयमा छलफल भने भइरहेको बताए।

कुवेतको स्वास्थ्य मन्त्रालयले थप एक नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ । कुवेतमा संक्रमित नेपालीको संख्या चार पुगेको छ ।कुवेतको स्वास्थ्य मन्त्रालयले बिहीबार एक नेपालीसहित ५५ जना नयाँ संक्रमित भेटिएको जानकारी दिएको हो । कुवेतमा संक्रमित संख्या ९१० पुगेको छ । जसमा १११ जनालाई निको भएको छ । २२ जनाको अवस्था चिन्ताजनक छ ।

Related Articles

Back to top button
Close