समाचार

काठमाडौं छोड्न चाहनेलाई सरकारले नै लैजाने, प्रक्रियाबारे थप छलफल हुँदै

सरकारले लक डाउनका कारण काठमाडौं उपत्यकामा अड्किएकाहरूलाई शुक्रबार र शनिबार घर जान दिने निर्णय गरेको छ।बिहीबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले दुई दिनका लागि नागरिकलाई बाहिर जान दिने निर्णय गरेको हो।

उपप्रधानमन्त्री तथा समितिका संयोजक ईश्वर पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठका अनुसार घर जान चाहनेहरूलाई सरकारले नै गाडीको व्यवस्था गर्ने निर्णय गरेको जानकारी दिए।

समितिको यस्तो निर्णयपछि अहिले गृह मन्त्रालयमा सरोकारवालाहरूको बैठक बसिरहेको छ।‘कसरी पठाउने भन्नेबारे हामीले छलफल गरिरहेका छौं, साँझसम्म मोडालिटी तयार गर्छौं,’ गृह प्रवक्ता केदारनाथ शर्माले सेतोपाटीसँग भने।

सरकारले स्थानीय तहसँग समन्वय गरेर नागरिकहरूलाई फिर्ता पठाउने तयारी गरिरहेको छ।चैत ११ गतेदेखि लक डाउन भएपछि धेरै मानिसहरू काठमाडौंबाट हिँडेरै गन्तव्यमा गइरहेका थिए।सुरूमा एक हप्ताका लागि गरिएको लक डाउनको समय अहिले तीन हप्ता पुर्‍याइएको छ।

Related Articles

Back to top button
Close