समाचार

सडकमा पोख्ने दूध, बारीमा कुहिने तरकारी वा जिउँदै पुरिने कुखुरा नै राहतमा बाडेँ के हुन्छ ?

किसानका उत्पादनहरु राहतमा बाडे कसो होला सरकार ? अहिले कोरोना (कोभिड–१९) भाइरसको संत्रास सिंगो विश्वमा भोगी रहेको छ । ठूला विकसित राष्ट्रलाई छाडौं । अथवा अहिलेलाई सारा विश्वलाई विर्सौं । कुरा गरौं आफ्नै राष्ट्रको । हामी अरु सारा दुनियालाइ हेर्नाले आफुले गर्नु पर्ने वा गर्न सक्ने कामहरु पनि गर्न सकिरहेका छैनौं ।
किन थाहा छ ? सारा जीवन हामीले वाद, प्रतिवाद, प्रतिकार, अंहकार, अरुको सिको मात्रै गरिउँ । के हामीले आफ्नै नेपालवाद प्रयोग गर्न सक्दैनौं ? हाम्रो हैसियत वा औकातअनुसार कदम चालौं सरकार, सारा नेपालीले तिमीहरुलाई साथ दिनेछन् । मर्नै परेपनि राष्ट्रियता प्रति गर्व गर्ने छौं । तर तिमीहरुको यस्तै रवैया देखाइराख्यौं भने सारा नेपालीले सराप्ने छ, पछाडी नै भएपनि थुक्नेछन् ।

दिनरात मेहनत गरेर किसानले गर्दै आएको पोल्ट्री, गाईभैंसी पालनको अवस्था नाजुक छ । त्यस्तै अन्य तरकारी बाली लगाउने किसानहरुले पनि उचित समन्वयको अभावमा तरकारीहरु वालीमै कुहाउनु पर्ने अवस्थामा पुगेका छन् । हामीले देखिरहेकै छौं, सडकमा दूध पोखेर किसानले प्रतिशोध साधिरहेका छन् ।
तीन तहकै सरकारलाई केही टीप्स
अहिलेलाई गाली गर्न तिर मात्रै पनि नलागौं । तीनै तहका सरकारलाई ‘सर्प पनि मर्ने लठ्ठी पनि नभाचिने’ केही सुझावहरु दिन चाहन्छु । मेरो कृषिसम्वन्धी अनलाइन ‘हलोखबर’को फेसबुक तथा समाचार कमेन्टमा थुप्रै किसानहरुले आफ्ना पीडाहरु पोखिरहेका छन् ।

त्यसमध्ये कैलालीबाट पहलमान देउवाले भनेका छन्, ‘सर, मैले १८ हजार जति लेयर्स कुखुरा पालेको छु । तर तिनीहरु भोकभोकै मर्न लागे । मैले त १५ हजार जति कुखुरा पुर्न लागेको छु, तपाइ के सल्लाहा दिनुहुन्छ ?’ मसंग जवाफका लागि कुनै शब्द नै थिएनन् । ‘सरी यार’ भन्न वाहेक मसंग अरु विकल्प पनि थिएन् ।

उनको जस्तै दूध किसान, तरकारी किसान, च्याउ किसानका पनि थुप्रै प्रश्नहरु छन् । त्यती मात्रै नभएर बाख्रा, बंगुर, बट्टाई, माछा लगायत अन्य थुप्रै कृषिजन्य उत्पादनहरु छन् । जसले किसानको खर्च मात्रै बढाएको छ । उनीहरुको तमाम प्रश्नपछि मेरो दिमागमा केही उपायाहरु आयो । म तिनै उपायाहरु तीनै तहका जनप्रतिनिधिहरुलाई शेयर गर्न चाहन्छु । मलाई लाग्छ अहिलेको यो विषम परिस्थितीमा साच्चै नै काम लाग्नेछ ।

केन्द्रीय, प्रादेशिक वा स्थानिय तहले कोरोना संक्रमितका लागि आफ्नो गच्छेअनुसारको कोरोना फण्ड, उचापार र मजदुरलाई राहत वितरण गरिरहेका छन् । राहतमा कसैले चामल, दाल, तेल, नुन वा कसैले के त कसैले के वितरण गरिरहेका छन् । ति सवै आवश्यक चिज नै हुन् । यसमा थप मेरा केही टीप्सहरु छन् जुन कुरा सवैले सिको गरे हुन्छ ।

दिनरात मेहनत गरेर किसानले गर्दै आएको पोल्ट्री, गाईभैंसी पालनको अवस्था नाजुक छ । त्यस्तै अन्य तरकारी बाली लगाउने किसानहरुले पनि उचित समन्वयको अभावमा तरकारीहरु वालीमै कुहाउनु पर्ने अवस्थामा पुगेका छन् । हामीले देखिरहेकै छौं, सडकमा दूध पोखेर किसानले प्रतिशोध साधिरहेका छन् ।
के अव यस्तै अवस्था टुलुटुलु हेरिरहने त ? विकल्पहरु थुप्रै छन् । विशेषगरी स्थानिय पालिकाहरुले चाहेमा किसानका यस्ता समस्याहरु तुरुन्त समाधान गर्न सक्छन् ।

‘वीन–वीन सिच्वेशन’मा स्थानिय तह र किसानवीच सहकार्य हुनुपर्छ । निर्विकल्प यसो हुन सक्यो भने वल्ल गाउँगाउँमा सरकारको महसुस गर्नेछन्, सवैले । आखिर तिनिहरुले पनि यस्तै गर्छु भनेरै कसम खाएका होइनन् र ? ‘ठालु’ पल्टेर मात्रै त पक्कै पनि हुदैन होला ?

तर कसरी ?
मानिलिऔं, ए भन्ने पालिकामा गाई किसान वा कुखुरा किसानहरु छन् । तिनीहरुको गाईभैंसीले दिने दूध विक्री भएको छैन् वा कुखुरा विक्री भएको छैन् भने स्थानिय पालिकासंग मिलेर त्यसको व्यवस्थापन गर्न सक्छन् । सक्छन् मात्रै होइन यो विषम परिस्थितीमा सक्नु नै नेतृत्व क्षमताको सफल परिक्षण पनि हुनेछ ।

दूध सडकमा पोखेर वा कुखुरा जिउँदै मारेर खाल्डोमा पुर्नुको साटो आफ्नै पालिका वा छिमेकी पालिकाका जनतालाई वितरण गर्न सकिदैन् ? स्थानिय पालिकाको समन्वयमा एक अर्का पालिकामा उत्पादन हुने वस्तुहरु साटासाट गरेर, स्थानिय पालिकाले किसानसंग खरिद गरेर मजदुरहरुलाई रुपैँया लिएर वा निःशुल्क वितरण गर्न सक्नुपर्छ ।

‘वीन–वीन सिच्वेशन’मा स्थानिय तह र किसानवीच सहकार्य हुनुपर्छ । निर्विकल्प यसो हुन सक्यो भने वल्ल गाउँगाउँमा सरकारको महसुस गर्नेछन्, सवैले । आखिर तिनिहरुले पनि यस्तै गर्छु भनेरै कसम खाएका होइनन् र ? ‘ठालु’ पल्टेर मात्रै त पक्कै पनि हुदैन होला ?

अहिलेको यो विषम परिस्थितीमा किसानले उब्जाएको हरियो सागपात, तरकारीहरु घरघरमा पुग्न सके पक्कै पनि भारतबाट आयातित विषादीयुक्तभन्दा धेरै गुणा राम्रो हुनेछ । नेपाल जस्तो मुलुकमा रोग प्रतिरोधात्मक क्षमता बढाउन एक मात्रै उपाय हो जस्तो लाग्छ । यसका लागि पौष्टिक आहारा आजको आवश्यकता हुनेछ । सरकारले मात्रै नभएर विश्वले भनिरहेको छ दूध तथा दूग्धजन्य वस्तु, माछामासु खायो भने पनि पक्कै पनि रोगसंग लड्न सक्ने ‘इम्युनिटी पावर’ पक्कै पनि बढ्नेछ ।

लकडाउनको अवस्था अझै कति लम्बिनेछ भन्ने यकीन गर्न अझै कठिन छ । यो अवस्था अझै महिना दिन कट्यो भने यो देशमा कोरोना होइन्, भोकमारीबाट मान्छे मर्नेछन् । चीन र भारतले पक्कै पनि खाद्यन्नमा रोक लगाउने छ । अमेरिकाले क्यानाडा लगायतका मुलुकमा माक्स निर्यात गर्न प्रतिबन्ध लगायो । अन्य कतिपय देशले पनि यसै गर्दैछ । लकडाउनको अवस्था लम्बियो भने खाद्यन्न संचयती गर्न पनि विभिन्न देशहरुले खाद्यन्न निर्यातमा पनि रोक लगाउनेछ ।

तयारी अवस्था कसरी रहने ?
कुखुरामा बाहेक नेपालमा आवश्यक जतिपनि खाद्य, माछामासुजन्य वस्तु अझै पनि विदेशकै भर पर्नु परेको छ । आजै सरकारले यसको तयारी गर्न सक्यो भने मात्रै भोकमारीबाट बच्नु सकिन्छ । उपाचार गर्न न अस्पताल छ न त पर्याप्त औषधी छ हामीकहाँ । कम्तीमा खाली जमिनलाई आज कै दिनदेखि उपयोग गर्न नसक्ने हो भने भोकमारी लाग्नबाट कसैले बचाउन सक्दैनन् ।
‘जव राती अनि बुढी ताति’ भने झै हाम्रो सरकारले निर्णय गर्छ । विदेशबाट आएका बाहेक नेपालकै एक महिलालाई कोरोना सरेपछि मन्त्रीपरिषद् बैठकले निर्णय गर्यो, ‘एक पालिकाबाट अर्को पालिका जान रोक लगाउनु’ । यो पक्कै पनि व्यावहारिकपन होइन् । वैज्ञानिक तरिका अपनाउन आफ्नै देशको अवस्था हेरेर विकल्प दिऔं । खाली दिर्नेशन मात्रै दिएर अव पक्कै हुनेवाला छैन् ।

राहत प्याकेजमा स्थानिय उप्पादन
तीनै तहका सरकारले धमाधम राहत प्याकेज वितरण गर्दैछ । हरेक पालिकाले आफ्नो गच्छेअनुसार थरिथरिका सामाग्रीहरु वितरण गरिरहेको छ । राहतमा स्थानिय किसानसंग जोड्नै पर्छ । पशुजन्य वस्तुबाट कोरोना सर्ने होइन् भनेर प्रमाणित भइसकेको अवस्थामा भएको किसानको उत्पादन प्रयोगमा ल्याउन सक्नुपर्छ ।
बरु अव उप्रान्त विकल्प नहुदासम्म किसानले विक्री गर्न गाह्रो हुने कुराहरु तत्काललाई कम गर्ने वा अवस्था हेरेर बन्द गर्नुपर्छ । यसो गर्न सके क्षति न्यूनीकरण पक्कै पनि हुनेछ ।

Related Articles

Back to top button
Close