स्वास्थ्य/ जिबनशैली

कोरोना लाग्दैमा मरिन्न तर लुकाएर बसे भन्न सकिन्न: डा.शेरबहादुर पुन

‘यदि सुरुमै उनले आफू आएको तथा आफूलाई देखिएको लक्षण इमान्दारीपूर्वक बताएर क्वारेन्टिनमा रहेको भए वा अस्पताल गएको भए उनको भाउजुलाई सर्न पाउने थिएन,’ उक्त अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजकसमेत रहेका डा. पुन भन्छन्, ‘ले हेर्नुस् त रोग (कोरोना) लुकाउँदा सिंगो देश नै संक्रमणको दोस्रो चरणमा प्रवेश गर्‍याे र स्थिति अलि जटिल बन्यो।’

वास्तवमा कोरोना भाइरसले भेट्दैमा मानिस मरिनहाल्ने हाेइन, बरु बेलैमा पहिचान गरेर उपचार वा सावधानी सुरु नगरेमा भने अवस्था जटिल बन्न सक्ने डा. पुन बताउँछन्।‘रोग लुकाएर लुक्दैन, त्यसले गर्ने हानि गरेरै छाड्छ, अनि अवस्था अन्तिम भएपछि उपचार पनि गाह्रो हुन सक्छ,’ उनले भने, ‘त्यसैले सबैलाई मेरो सुझाव के छ भने आफू पनि बाँच्ने र अरूलाई बचाउने हो भने कृपया इमान्दारीपूवर्क आफ्नो विवरण दिनुहोस् र बेलैमा सावधानी र उपचार थाल्नुहोस्।’

कोरोना लाग्दैमा मरिन्न
डा. शेरबहादुर पुन धेरै मानिसमा कोरोना भाइरसको संक्रमण हुनेबित्तिकै मरिहालिन्छ भन्ने भ्रम रहेकाले पनि बढी त्रास फैलिएको बताउँछन्।‘तर यस्तो बिलकुल होइन, कोरोना भाइरस लाग्दैमा मरिँदैन,’ बुधबार बिहान नेपालखबरसँगको कुराकानीमा उनले भने, ‘त्यसको सबैभन्दा गतिलो उदाहरण हाम्रै देशमा छ।’

उदाहरण दिँदै थपे, ‘पहिलो उदाहरण- सुरुमा संक्रमण पुष्टि भएका जो चीनबाट आएका थिए, उनी निको भएको धेरै भइसक्यो। दोस्रो उदाहरण- अहिले उपचारमा रहेका ८ जनाको अवस्थामा पनि सामान्य छ।’उनका अनुसार विश्वको तथ्यांक हेर्दा संक्रमितमध्ये ५ प्रतिशत बिरामीको मात्रै मृत्यु भएको देखिन्छ। त्यो पनि वृद्ध उमेर, दीर्घ रोगका कारण।

विश्वको कोरोनासम्बन्धी तथ्यांक पलपलमा अपडेट गर्ने वर्ल्डओमिटरका अनुसार विश्वमा अहिलेसम्म १४ लाख ३२ हजार ३ सय ७३ संक्रमित भएका छन् भने तीमध्ये ३ लाख २ हजार २ सय ९२ जना उपचारपछि निको भइसकेका छन्। मृत्यु संख्या ८२ हजार १ सय १४ मात्रै छ।‘यसैलाई विश्लेषण गरेर हेर्नुस् न,’ डा. पुन भन्छन्, ‘तर हाम्रो दिमाग ५ प्रतिशत मृत्युमा मात्रै केन्द्रित भइरहेको छ, निको भएका त्यति ठूलो संख्यामा चाहिँ हाम्रो ध्यान कहिले जाने?’

‘त्यसैले तपाईंको मिडियामार्फत म सबैलाई आह्वान गर्न चाहन्छु- आफूमा कुनै शंका छ भने कृपया लुकेर नबस्नुस्, इमान्दारीपूवर्क सम्पर्कमा आउनुस्, रोग भए उपचार गर्नुस्, नभए परीक्षण गरेर ढुक्क बन्नुस्।’उनी अगाडि भन्छन्, ‘तर लुकाएर बस्नुभयो भने तपाईं आफू मात्र मर्नुहुन्न, तपाईंको परिवार, छिमेकी अनि यो सिंगो देश नै बर्बाद हुन सक्छ।’

Related Articles

Back to top button
Close