समाचार

उत्तराखण्डका गुफामा भेटिए दुई नेपाली

लकडाउनले घर आउन नपाएपछि दुई नेपाली मजदुर भारतको उत्तराखण्डमा गुफाभित्र बसेका छन्।भारतीय प्रहरीले उत्तराखण्डको लक्ष्मणजुलामा बाँकेका प्रकाश शाही र सुर्खेतका मनबहादुर थापालाई गुफामा बसिरहेको अवस्थामा फेला पारेको छ।लक्षमणजुलास्थित नीलकण्ठ चौकीबाट गएको प्रहरी टोलीले मंगलबार उनीहरूलाई भेटाएको हो।

चौकीका इन्चार्ज सब-इन्स्पेक्टर रणवीर रमोलाको टोलीले गरिबहरूलाई राहत वितरण गरिरहेको थियो।सोही क्रममा उनीहरू पनि खाना माग्दै आएको रमोलाले सेतोपाटीलाई बताए।

‘खाना खोज्दै आइरहेका थिए। बुझ्दा उनीहरू नेपाली मजदुर हुन् भन्ने खुल्यो,’ रमोलाले टेलिफोनमा भने, ‘तीन-चार दिनदेखि उनीहरू गुफामा बसिरहेका रहेछन्।’रमोलाका अनुसार उनीहरूले यसअघि अन्य ठाउँमै काम गरिरहेको तर लकडाउनले काम नपाएपछि गुफामा बसेको बताएका छन्।’अहिले उनीहरूलाई सेल्टर होममा पठाउन लागिरहेको छ,’ उनले भने।लकडाउनपछि नेपाल फर्किन खोजेका कैयौं नेपालीहरूलाई भारतका विभिन्न नाकामा शिविर बनाएर राखिएको छ।

Related Articles

Back to top button
Close