समाचार

एमसीसी सम्झौता परिमार्जनसहित पारित गर्न ओली–प्रचण्ड राजी

अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता परिमार्जनसहित पारित गर्नका नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राजी भएका छन् ।

एमसीसी सम्झौता अध्ययनका लागि पूर्वप्रधानमन्त्री तथा बरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको बैठकले गठन गरेको कार्यदलले दुवै अध्यक्षलाई शुक्रबार प्रतिवेदन बुझाएको थियो ।

कार्यदलले बुझाएको प्रतिवेदनमा एमसीसी सम्झौता संशोधनको सुझाव पाएको बताएका अध्यक्ष प्रचण्डले शनिबार नवलपुरमा भएको पत्रकार सम्मेलनमा भने,‘प्रधानमन्त्रीले पनि परिमार्जन गरी पारित गर्ने भन्नुभएको छ । यो पारित हुन्छ ।’

यसअघि दुई पटक संशोधन भएको सम्झौतामा थप संशोधन गरी पारित हुने प्रचण्डले खुलासा गरेका छन् ।

राष्ट्रको हितमा हुने गरी मात्रै एमसिसी अघि बढाउनुपर्छ भन्ने मत नेकपामा रहेकाले कार्यदल गठन गरी राय मागिएको प्रचण्डको भनाई थियो । नकारात्मक पनि नहुने र हल्ला नगरी पास गर्ने भन्ने विषय नभएको जानकारी दिएका प्रचण्डले जोडे,‘राष्ट्रको हितानुकुल हुनुपर्छ भनेरै हामीले थप अध्ययन गर्न कार्यदल बनायौं ।’

Related Articles

Back to top button
Close