अन्तर्राष्ट्रिय समाचारस्वास्थ्य/ जिबनशैली

अमेरिकामा एकैदिन १,९३४ को मृत्यु, संक्रमितको संख्या ३ लाख ९५ हजार

कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा १९ सय ३४ को मृत्यु भएको छ । यससँगै यहाँ अहिलेसम्म कूल १२ हजार ८ सय ५ जनाको मृत्यु भएको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २८ हजार ७ सय ३५ जनामा संक्रमण देखिएको छ । हालसम्म कूल ३ लाख ९५ हजार ७ सय ३९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ९ हजार १ सय ६९ को अवस्थामा गम्भीर छ भने २१ हजार ६ सय ७४ संक्रमित निको भएर घर फर्किएका छन् ।

युएई । युएईमा मंगलवार २८३ जना नयाँ कोरोना भाईरस (कोभिड–१९) संक्रमित भेटिएका छन्। योसँगै युएईमा संक्रमितको संख्या २३५९ पुगेको छ।त्यस्तै मंगलबारनै कोराना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ। यो सँगै युएईमा मृत्यु हुनेको संख्या १२ पुगेको छ।

Related Articles

Back to top button
Close