जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल ज्वरो नाप्ने थर्मल ग’न का’लोबजारी गरेको आरोपमा पक्राउ
महानगरीय प्रहरी अपराध महाशाखाले शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ गरेको छ। उनलाई का’लोबजारीको आरोपमा पक्राउ गरिएको छ। पाँच हजार बजार मूल्यको ज्वरो नाप्ने थर्मल गन १५ हजार रुपैंयामा बिक्री गरेको आरोपमा महाशाखाको टोलीले उनलाई आज नक्सालमा पक्राउ गरेको हो। उनको गाडिबाट ६७ वटा थर्मल ग’न समेत बरामद भएको महाशाखा स्रोतले जानकारी दियो।
कुटनीतिक नियोगको गाडी २०९ एचसिसि १ नम्बरको गाडीमा थर्मल ग’न बोकेर महंगोमा बेच्दै हिँडेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार केही दिन अगाडि नै अग्रवालले थर्मल ग’नको का’लोबजारी गर्ने गरेको सूचना प्राप्त भएको थियो ।
सोहीअनुसार अ’पराध महाशाखाले आफ्ना केही प्रहरी कर्मचारीलाई व्यापारीको रुपमा अग्रवालसँग ‘डिल’ गर्न पठाएको थियो ।‘हामीले व्यापारीको रुपमा डिल गर्दा उसले १६ हजार रुपैयाँ फाइनल प्राइज (अन्तिम मूल्य) भएको बतायो । तर, बजारमा थर्मल ग’नको मूल्य ३५ सय रुपैयाँ पर्छ,’ अ’पराध महाशाखाका एक अधिकारीले भने, ‘उनले वि’पदको समयमा अत्यावश्यक बस्तुको का’लोबजारी गरिरहेको देखिएपछि हामीले पक्राउ गरेका हौं ।’