रोचकसमाचार

पत्नीलाई साइकलमा राखेर भोकपीडा सहदै पाँच दिनमा घर पुगे राघोराम

विश्वभरी फैलिरहेको कोरोना भाइरसले धेरैलाई अलपत्र पार्दै र भोक एवं प्यासले पीडामा पारेको छ । यस्तै अलपत्रमा परे भारतका एक श्रमिकको दम्पति पनि ।भारतमा तीव्र गतिमा कोरोना फैलिन थालेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशलाई पूर्णरुपमा लकडाउन लगाए । यसको मारमा परे अन्य भारतीय नागरिक झै ती एक दम्पति पनि । लकडाउनबीच पनि उनीहरु भारतको हरियाणाको रोहतकबाट उत्तर प्रदेशको बलरामपुर फर्किनु परेको थियो ।एक पतिले आफ्नो पत्नीलाई पाँच दिनसम्म साइकलमा राखेर ७०० किलोमीटरको यात्रा पार गर्दै घरसम्म ल्याउन सफल भएका छन् ।

राघोराम नाम गरेका उनमा त्यो आँट कोरोना भाइरसले दिएको उनी बताउँछन् । भाइरसको संकटको डरले उनमा उक्त अद्भूत शक्ति पैदा भएकोमा कुनै दुई मत छैन ।एक निजी कम्पनीमा काम गर्न पाँच महिना अगाडि एक ठकेदारले यी दम्पत्तिलाई रोहतक पुर्याएका थिए । ९ हजार भारु महिनाको तलब थियो । त्यहाँबाट उनकी पत्नी र उनी २७ मार्चको बिहानको सयममा निस्किए । चार दिनपछि उनीहरु गोन्डा पुगे र त्यहाँका जिल्ला अस्पतालमा चेक जाँच गराउन गए । त्यस क्रममा उनीहरुको भेट बीबीसीसंग भयो र उनीहरुको पीडाको यो कथा उजागर भयो ।

आफ्नो श्रीमतिलाई साकलमा राखेर घर फर्कनेक्रममा राघोरामका गोजीमा जम्मा १२० रुपैयाँ, झोलामा अलिकती सामग्री र कपडा रहेको उनले बीबीसीलाई बताएका छन् । उनले यो भन्दा अगाडि कहिल्यै साइकलमा यात्रा नगरेको त्यसमाथि बाटो पनि नचिन्ने । उनी हरु बल्ल सानीपती भन्ने स्थानमा आइपुगे ।त्यहाँसम्म आइपुग्दा भोकले रन्थनिन लागेका थिए । प्रत्येक ठाउँमा प्रहरी भएपनि उनीहरुको नाजुक अवस्थाको कारण प्रहरीले छाडिदिने गरेको कारण सरसर हिड्न पाउथे । उनीहरु गाजियावादबाट बरेली, सीतापुर बहराइच हुँदै गान्डा पुगेको बताए ।

Related Articles

Back to top button
Close