समाचार

यी हुन् कोरोनाको संक्रमणबाट यूएईमा ज्यान गुमाउने नेपाली महिला बिनु पराजुली

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा कार्यरत एक नेपाली महिलामा मृत्युपछि कोरोना पुष्टि भएको छ । १० वर्षदेखि यूएईमा कार्यरत रुपन्देही देवदह ६ खैरेनीकी बिनु पराजुलीको शुक्रबार मृत्यु भए पनि सोमबार कोरोनाका कारण मत्यु भएको अस्पतालले पुष्टि गरेको हो ।मृतकका आफन्तबाट प्राप्त कागजमा मृत्युको कारण कोरोना उल्लेख भएको यूूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताउनुभयो । उहाँका अनुसार सोमबार साँझसम्म बिनुको मृत्युको कारण कोरोनाको कारण हो भनेर आधिकारिक पत्र भने दूतावासमा आइसकेको छैन ।

बिहीबार साँझ खाना खाएर सुत्नुभएकी बिनु शुक्रबार मृत भेटिनुभएको थियो । कोठाबाटै प्रहरीले शव उठाएको थियो । तर उहाँको नाम मृत्युहुँदा सम्म पनि कोरोना सङ्क्रमितको सूचिमा थिएन भने शुक्रबार मृत्युको कारण पनि खुलेको थिएन । तर सोमबार दुबईको अल रशिद अस्पतालले बिनुको मृत्युको काराण कोरोना भाइरस भएको पुष्टि गरेको हो ।बर दुबईको अल रफ्फा पुलिस स्टेसनमार्फत प्राप्त कागजात मृतकका श्रीमान डोलराज पराजुलीले दूतावासलाई पनि दिनुभएको छ ।परिवारले लकडाउनका कारण बिनुको यूएईमा दाहसंंस्कार गर्ने तयारी गरिरहेको भए पनि मृत्युको कारण कोरोना देखिएपछि अस्पतालले शव दिएको छैन ।

परिवारजनबाट प्राप्त अरेबिक भाषामा लिखित पत्रलाई दूतावासकै जनसंपर्क अधिकृत (पीआरओ) मार्फत उल्था गरिएको र त्यसमा ज्यान जानुको कारण कोरोना भाइरस उल्लेख भएको दूतावासको भनाई छ ।४० वर्षीय बिनु यूएईम पछिल्लो एक भारतीय नागरिको घरमा घरेलु काम गर्नुहुन्थ्यो । तर उहाँ यूएईमा १० वर्षदेखि कार्यररत हुनुहुन्छ ।मृतक पराजुलीका श्रीमान डोलराज पराजुली पनि अहिले यूएईमा हुनुहुन्छ । उहाँ एक महिना पहिले श्रीमती बिनुलाई खोज्न भन्दै साथीभाइको सहयोगमा भिजिट भिसामा यूएई पुग्नुभएको हो ।

उहाँ पहिले यूए मै कार्यरत हुनुहुन्थ्यो । तर योपालि भने श्रीमती खोज्नकै लागि यूएई आएको उहाँले बताउनुभएको छ । तर एक महिना बित्दा पनि श्रीमतीसँग कुरा हुन सकेको थिएन ।‘घरमा १४ वर्षकी छोरी छ, ममी लिएर कहिले आउने भनिरहन्छे,’ डोलराज भन्नुहुन्छ, ‘अब मैले छोरीलाई के जवाफ दिनु ?’बिनुले केही दिन पहिले आफूलाई मुटु र पेट दुख्ने छ भन्दै दुबईमै कार्यरत आफ्नै दिदीका छोरा हेमराज भण्डारी र उहाँको परिवारसँग भन्नुभएको थियो ।बिहीवार साँझ पनि खाना खाएपछि राति अबेरसम्म आफन्तसँग भिडियोमार्फत कुराकानी गरेको आफन्तले बताएका छन् ।उज्यालो अनलाइन

Related Articles

Back to top button
Close