अन्तर्राष्ट्रिय समाचार

को’रोना संक्रमित बेलायती प्रधानमन्त्री बोरीस जोनसनलाई अक्सिजन दिन थालियो

लण्डन- बेलायतका प्रधानमन्त्री बोरीस जोनसनलाई अक्सिजन दिन थालिएको छ। को’रोना भाइरसको संक्रमणले विगत १० दिनदेखि आ’इसोलेसनमा रहेका जोनसनलाई आइतबार साँझ लण्डनस्थित एक अस्पतालमा भ’र्ना गरिएको थियो ।उनी डाउनिंग स्ट्रीट नजिकै सेन्ट थेम्ममा ना’टकीय रूपमा भ’र्ना भएपछि प्रधानमन्त्रीको अवस्थाबारे चि’न्ता बढ्दै गएका वेलायती संचारमाध्मले जनाएका छन्। उनको उपचारका ख’टिएका चिकित्सकहरुले पूर्वसावधानीको लागि अस्पताल भ’र्ना गरिएको दा’बी गरेका छन्।

उता स्पेनको सबैजसो प्रान्तमा को’रोना भाइरस (को’भिड–१९)का नयाँ संक्रमितको संख्यामा लगातार क’मी आएको छ । सीएनएनका अनुसार सोमबार नि’यमित बिफ्रिङको क्रममा स्पेनको से’न्टर फर हेल्थ इ’मर्जेन्सिजका प्रतिनिधि मारिया जोस सिएराले यो जानकारी दिएकी हुन् । भाइरसको म’हामारी कतातर्फ जान्छ भन्ने कुरा बुझ्न अझै केही समय लाग्ने उनले बताएकी छिन् ।स्पेनको स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा स्पेनमा को’रोना भाइरसको कारण छ सय ३७ जनाको मृ’त्यु भएको छ ।

Related Articles

Back to top button
Close