अन्तर्राष्ट्रिय समाचार

इतिहासमा पहिलोपटक आपतकाल घोषणा गर्दै जापान,

राजधानी टोकियोमा दिनप्रतिदिन कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि अन्तत: जापान आपतकाल घोषणा गर्ने मनस्थितिमा पुगेको छ । सरकारी अधिकारीहरुका अनुसार प्रधानमन्त्री सिन्जो आबे भोलि (अप्रिल ७ गते) आपतकालको घोषणा गर्ने तयारीमा जुटेका छन् ।

जापानको राजधानी टोकियोमा प्रत्येक दिन संक्रमितहरुको संख्या बढ्न थालेपछि प्रधानमन्त्री आबे आपतकाल घोषणा गर्न तयार भएका हुन् । कोरोनाको संक्रमण नियन्त्रण गर्ने अनेकाैँ उपायहरु प्रभाकारी नभएपछि प्रधानमन्त्री आबेलाइ स्थानीय सकारहरुले समेत आपतकाल घोषणा गर्न दबाब दिँदै आइरहेका थिए ।

आपतकाल घोषणाको पूर्वसन्ध्यामा आबेले सल्लाहकार समितिसहित विज्ञहरुको बैठक बोलाएका छन् । आपतकाल घोषणापछि के-के कुरामा कतिसम्म कडाइका साथ जाने भन्ने विषयमा छलफल गर्न लागिएको जापानका सञ्चार माध्यमहरुले विश्लेषण गरेका छन् ।जापानको माइनिचि पत्रिकाले आफ्नो अनलाइनमा लेखेको समाचार अनुसार टोकियोसहित नजिकै पर्ने साइतामा, चिबा, खानागावा, ह्योगो प्रफेक्चर सहित होक्काइदो र ओसाका शहर समेतलाई लक्षित गरी आपतकाल घोषणा गर्न लागेका हुन् ।

जापानमा सबैभन्दा लामो समय देशको नेतृत्व गर्ने प्रधानमन्त्रीले सिन्जो आबे हुन्, यो संगै जापानकाे इतिहासमा नै आपतकाल घोषणा गर्ने पहिलो प्रधानमन्त्री पनि बन्ने छन् ।कस्ताे रहला प्रभाव ?आपतकाल घोषणापछि जापानको जनजीवन कस्तो हुन्छ या यसले खास केके कुरामा कस्तो प्रभाव पार्छ भन्ने कुरामा जापानीहरु नै अलमल परेको देखिएको छ ।

यसअघि यस्तो आपतकाल घोषणाको अनुभव नभएकाले पनि यसले कस्तो प्रभाव पार्छ भन्नेमा अलमल देखिएको हो । कोरोनाको संक्रमणलाइ नियन्त्रण गर्नका लागि मानिसको भीडभाड घटाउन आपतकाल घोषणा गर्न लागिएको हाे । तापनि सार्वजनिक यातायातका साधनहरु के हुन्छन् भन्ने कुरा घोषणापछि मात्रै थाह हुने बताइएकाे छ ।अवधि कति ?अधिकारीहरुले आपतकालको अवधि २१ दिनदेखि १ महिनासम्मको हुने बताएका छन् । कतिपय संचार माध्यमहरुले ६ महिनासम्म हुन सक्ने अनुमान गरेका छन् ।

प्रधानमन्त्री आबेले यसअघि आपतकाल अहिलेको आवश्यकता नभएको प्रतिक्रिया दिएका थिए । जुलाईमा हुने भनिएको ओलम्पिक अर्को वर्ष सरेपछि त्यसले जापानको अर्थतन्त्रमा परेको असर र फेरि आपतकाल घोषणापछि अर्थतन्त्रमा पर्न सक्ने असरको आँकलन गरी सकेसम्म आपतकाल घोषणा नगर्ने प्रधानमन्त्री आबेको जोड थियो ।

कतिपयले आपतकाल घोषणा गर्ने पहिलो प्रधानमन्त्री बन्न नचाहेकोले अन्तिमसम्म कुरेको चर्चा गर्ने गरेका छन् भने कतिपयले अमेरिकाको प्रभाव समेत भनेका छन् ।जापानमा कोरोना संक्रमितको संख्या ४ हजारको हाराहारीमा पुगेको छ भने ९३ जनाको मृत्यु भैसकेको छ ।

Related Articles

Back to top button
Close