अन्तर्राष्ट्रिय समाचारस्वास्थ्य/ जिबनशैली

बाघमा पनि देखियो कोरोना भाइरस

अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्स चिडियाखानामा रहेको बाघमा कोरोना भाइरसको संक्रमण देखिएको छ। त्यहाँको पोथी बाघमा कोरोना पोजेटिभ देखिएको हो।

सुक्खा खोकी लागेपछि परीक्षण गर्दा चार वर्षीया मलायन बाघलाई कोरोना देखिएको सीएनएनले जनाएको छ।श्वासप्रश्वासको समस्या देखिएपछि पाँचवटा बाघ र सिंहको स्याम्पल लिएर परीक्षण गरिएको थियो । चिडियाखानाका अन्य जनावरमा भने यस्तो लक्षण देखिएको छैन।जनावरको हेरचाह गर्ने मानिसबाट उक्त बाघमा कोरोना सरेको अनुमान गरिएको छ।

बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार डाक्टरको सल्लाहपछि प्रधानमन्त्रीको केही परीक्षण गर्न अस्पताल भर्ना गरिएको हो ।सावाधानी अपनाउने उद्देश्यसहित यी परीक्षण गर्न लागिएको बताइएको छ । बोरिसमा १० दिन अघि कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।

त्यतिबेलादेखि उनी आइसोलेशनमा बसिरहेका छन् । यद्यपि, आइसोलेशनमा रहँदासमेत उनले आफ्नो काम कारवाही रोकेका छैनन् ।विभिन्न सावधानी अपनाउँदासमेत कोरोनाभाइरसको लक्षण भने लगातार देखिएको बताइएको छ ।

Related Articles

Back to top button
Close