अन्तर्राष्ट्रिय समाचाररोचक

पीपीईको अभावमा प्लाष्टिकको फोहोर राख्ने झोला प्रयोग गर्दै बेलायतका स्वास्थ्यकर्मी

लायतका अस्पतालमा उपकरण अभाव भएकोबारे स्वास्थ्यकर्मीहरुले मुख खोलेका छन् ।मिडियासंग कुरा नगर्न चेतावनी दिइएको कारण उनीहरू सोको विषयमा केही नभनी चुपचाप बसेका थिए । मिडल्यान्ड्सका एक चिकित्सकले यस विषयमा बोल्न नचाहेको कारण बीबीसीले उनको परिचय गोप्य राखिएको उल्लेख गरेको छ ।

डा. रोबर्ट्स (नाम परिवर्तन) ले कोरोना भाइरस सङ्क्रमितले भरिएको कारण एक अस्पतालमा सघन उपचार कक्षमा शल्यक्रियाका सबै केसहरू सारिएको बीबीसीसंग बताइन् ।अस्पतालमा पर्याप्त कर्मचारी नभएको , सघन उपचारका लागि शैय्याको अभाव र सामान्य एन्टिबायोटिक्स् औषधि र भेन्टिलेटरको पनि समस्या रहेको उनले जनाइन् ।

बीबीसीका अनुसार प्रत्येक दिन १३ घण्टा सिकिस्त बिरामीहरू हेरिरहेका स्वास्थ्यकर्मीहरूले व्यक्तिगत सुरक्षा उपकरण पीपीईको अभावमा प्लास्टिकका फोहोर राख्ने झोला, प्लास्टिकका एप्रन र सापटी लिइएका स्की खेल्ने चस्मा प्रयोग गर्नुपरेको अवस्था रहेको छ।

यूकेका नेशलन हेल्थ सर्भिस एनएचएसका कर्मचारीहरूले कोरोनाभाइरस सङ्क्रमणको आशङ्का गरिएको मानिसहरूलाई २० सेन्टिमिटरको दूरीमा रहेर चेकजाँच्न गर्नुपर्ने अवस्था रहेको जनाइएको छ ।

Related Articles

Back to top button
Close