रोचक

झापामा नक्कली चिकित्सक प्रहरीको नियन्त्रणमा

इलाका प्रहरी कार्यालय काँकडभिट्टाले चिकित्सकको परिचय पत्र बोकेर काठमाण्डौबाट झापा आएका दुई युवालाई आइतबार बिहान नियन्त्रणमा लिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएकामा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी रहेका छन् । लकडाउनमा पनि ती युवा बा ६ च ७०१९ नम्बरको कारमा धरान हुँदै आइतबार बिहान काँकडभिट्टा आइपुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न आएको बताएका उनीहरुमध्ये एक जनाले डा विनोद श्रेष्ठ नामको नक्कली परिचय पत्र बोकेका थिए ।काठमाण्डौदेखि चिकित्सकको बहाना गरी सुरक्षा जाँच छल्दै काँकडभिट्टा आइपुगेका उनीहरुलाई प्रहरीले मेडिकल काउन्सिलको दर्ता नम्बरसमेत माग्दै सोधपुछ गरेपछि नक्कली चिकित्सक भन्ने खुलेको थियो ।

दुवै जनालाई प्रहरीले आवश्यक अनुसन्धान अघि बढाउँदै तत्कालका लागि मेचीनगरको क्वरेण्टीनमा पठाउने भएको छ भने उनीहरुले प्रयोग गरेको कार प्रहरी कार्यालयमै राखिएको छ ।प्रहरी उपरीक्षक कोइरालाले नियन्त्रणमा लिइएका दुवै लागू औषधको खोजीमाआइपुगेको आशङ्का गरिएको बताउनुभएको छ ।

Related Articles

Back to top button
Close