नेपालमा कोरोना: सुटुक्क अमेरिका फर्के कलाकार सरोज खनाल
,नेपालमा कोरोना फैलिन दोश्रो चरणमा प्रवेश गरेसंगै ग्रिनकार्ड होल्डर कलाकार सरोज खनाल अमेरिका फर्केका छन् ।कोरोना भाइरस महामारीका कारण विभिन्न देशले नेपालमा रहेका आफ्ना नागरिकलाई उद्धार गरी धमाधम लगिरहेका छन्। यसै क्रममा अमेरिकाले आइतबार आफ्ना ३ सय ३ नागरिकलाई आफ्नो देश फर्काउँदै छ। त्यसका लागि आइतबार कतार एयरलाइन्सको चार्टर्ड विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेकाे थियाे। त्यसमा नेपालमा रहेका ३ सय ३ अमेरिकी नागरिक अमेरिकाको डालास जाँदै छन्।
त्यही क्रममा नेपाली मूलका अमेरिकी नागरिक कलाकार सरोज खनाल पनि अमेरिका उडेका हुन्। खनालले ग्रिनकार्ड पाइसकेकाले उनी अमेरिकी नागरिक हुन् ।सरोज खनालका सबै परिवार अहिले अमेरिकामै छन् । दुई छोरामध्ये एक छोरा अमेरिकी सेनामा कार्यरत छन् । अर्को छोराले व्यापार व्यवसाय गर्दै आएका छन् । केही समयअघि मात्रै खनाल पत्नी सूर्यमाला खनाल अमेरिका गएकी थिइन् । छोराको सन्तान स्याहारसुसार गर्न सूर्यमालाले ‘आमा’ चलचित्र खेल्न छाडेर अमेरिका गएकी थिइन् ।सरोज भने नेपालमै व्यवसायमा लागेका थिए ।
अहिले विश्वमै सबैभन्दा बढी कोरोना संक्रमण अमेरिकामा देखिएकाे छ। ताजा तथ्यांकअनुसार अहिले त्यहाँ कोरोनाबाट ३१ लाख १६ हजार ६ सय ३५ जना संक्रमित भइसकेका छन्। यस्तै त्यहाँ काेराेनाका कारण ८ हजार ४ सय ५४ जनाकाे मृत्यु भइसकेकाे छ ।लकडाउनका कारण कैयौं विदेशी नागरिक नेपालमा रोकिएका छन्। जसलाई उनीहरुका देश अहिले स्वदेश फर्काइरहेका छन्।