अन्तर्राष्ट्रिय समाचार

अमेरिकामा दुई नेपाली घरभित्रै मृत फेला, कोरोना आशंका

झण्डै २० बर्षदेखि अमेरिकामा बस्दै आएका थोक्मे बिष्टको सन्नीसाइडमा बस्दै आएको अ’पार्टमेन्टमा मृ’त्यु भएको छ । बिष्ट अपर मुस्ताङको लोमान्थाङका रहेको जनाइएको छ ।विष्टको हिजो विहान ९ बजे घरमै नि’धन भएको र बेलुका ६ बजेतिर प्रहरी र मे’डिकल टि’म आएर श’व लगेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।मुस्तांग किदुगको पूर्व अध्यक्ष नोर्बु बिष्टका अनुशार सुरुमा टाउको दुख्ने र स्वास फेर्न गाह्रो हुने समस्या भएपछि बिष्ट सी’टीएमडीमा उपचारका लागि गएका थिए ।

त्यसपछि उनलाई घरमै आ’राम गरेर बस्न भनिएको थियो । कहिले राम्रो हुने कहिले स्थीति ए’कदम नराम्रो हुने गरेकोमा अस्ती बेलुका खाना समेत खान नसकेको जनाइएको छ ।सी’टीएमडीले घरमै बस्न भनेपछि बिष्ट मा’उन्ट सा’इनाई अस्पतालमा समेत गएका थिए । अस्पतालले ए’क्सरे गरेपछि फोक्सोमा स’मस्या रहेको बताएको थियो । तर अस्पतालले भ’र्ना लिन न’मानी घरमै आ’राम गर्न भनेको र केहीदिनमा रि’पोर्ट दिने बताएको थियो । रि’पोर्ट नआउँदै बिष्टको नि’धन भएको छ । बिष्ट मुस्ताङका राजाका समेत नजिकका आफन्त हुन् ।

बिष्ट ४८ बर्षका थिए । बिष्टका दुईवटा छोरा र श्रीमति काठमाडौंमा बस्दै आएका छन् । बिष्ट २० बर्षदेखि अमेरिकामा बस्दै आएका थिए भने र अमेरिका आएदेखि नै कागजपत्र नभएका नेपाल फर्कन सकेका थिएनन् । छेपक दोर्जे गुरुङले भने – ‘कागजपत्र नभएका कारण सधैका लागि नेपाल जाने बताउँदै थिए । दुईसाता अगाडिमात्र मेरो भेटघाट भएको थियो । परिवारलाई भेट्नै नपाई बिते ।’बिष्टको मृ’त्यु कोरोनाले भएको हो वा अन्य कारणले भन्ने थप रि’पोर्ट आउन बाँकी छ । केहीदिनपछिमात्र श’व स’मुदायले दा’हसंस्कार गर्ने वा अस्पतालले गर्नेभन्नेबारे टुंगो लाग्ने राजकुमार बिष्टले जनाएका छन् ।

उनले यो घडीमा संयम रहन सबैलाई अ’नुरोध गरेका छन् ।यसैबीच मुस्ताङ घर भई न्युयोर्कको क्वीन्स जमैकामा बस्ने सोनाम लामाको पनि मृ’त्यु भएको नुप्री एसोसिएसनका पूर्व अध्यक्ष मिङमार लामाले जानकारी दिनुभयो ।सोनाम अन्दाजी ४० बर्षका रहेका थिए भने उनको मृ’त्यु बस्दै आएको कोठाभित्रै भएको जनाइएको छ । जमैकामा एक्लै बस्दै आएका उनी केही दिनदेखि बि’रामी रहेको बताइएको छ ।केशवराम राईका अनुशार फोन सम्पर्क गर्दा सम्पर्क नभएपछि उनी बसेको स्थानमा गएर हेर्दा उनी मृ’त अवस्थामा भेटिएका थिए ।

काम गर्ने स्थानको साहुले फोन गर्दा नउठाएपछि घरमा गएर हेर्दा मृ’त अवस्थामा भेटिएका थिए ।उनको मृ’त्यु को’रोना संक्रमणकै कारण भएको अनुमान गरिएपनि रि’पोर्ट आउन भने बाँकी रहेको छ ।झण्डै १८ बर्षदेखि अमेरिकामा बस्दै आएका सोनामको परिवार नेपालमा रहेको जनाइएको छ । उनको श’व प्रहरीले लगेर गएको र उनका कुनै आ’फन्तहरु अमेरिकामा नभएका कारण त्यसपछि अवस्था अ’ज्ञात रहेको छ ।

Related Articles

Back to top button
Close