समाचार

लकडाउनमा कडाइ, एक स्थानीय तहबाट अर्कोमा जान नपाइने

२२ चैत, काठमाडौं । सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो ।

कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले यही चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पहिलो चरणको चैत १८ गतेसम्म घोषणा गरिएकोमा पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको छ ।शनिबारको मन्त्रिपरिषद् बैठकले लकडाउन थप गर्नेबारे भने कुनै निर्णय लिएको छैन ।रकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले यसबारे आगामी मन्त्रिपरिषद् बैठकमा निर्णय हुने जानकारी दिए ।

नेपाल सरकार मन्त्रिपरिषदको बैठक भर्खरै सम्पन्न भएको छ । बैठकले कोरोनाको संक्रमण फैलन नदिन सबै निकायले प्रभावकारी कदम चाल्नुपर्ने निष्कर्ष निकालेको छ ।बैठकले कोरोना भाइरस संक्रमणको आशंका भएका सबैको प्राथमिकताका साथ स्वास्थ्य परीक्षण गराउने निर्णय गरेको छ ।सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को र्‍यापिड टेष्ट गर्ने भएको छ । त्यस्तै स्वास्थ्यकर्मीलाई पूर्ण रुपले सुरक्षित बनाएर काममा लगाउने निर्णय गरेको छ ।

Related Articles

Back to top button
Close