समाचार

सकियो मन्त्रिपरिषद्को बैठक , गरियो यस्तो निर्णय

नेपाल सरकार मन्त्रिपरिषदको बैठक भर्खरै सम्पन्न भएको छ । बैठकले कोरोनाको संक्रमण फैलन नदिन सबै निकायले प्रभावकारी कदम चाल्नुपर्ने निष्कर्ष निकालेको छ ।बैठकले कोरोना भाइरस संक्रमणको आशंका भएका सबैको प्राथमिकताका साथ स्वास्थ्य परीक्षण गराउने निर्णय गरेको छ ।त्यस्तै स्वास्थ्यकर्मीलाई पूर्ण रुपले सुरक्षित बनाएर काममा लगाउने निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस

विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट अमेरिकामा मर्नेको संख्या ७ हजार नाघेको छ। शनिबार बिहानसम्मको तथ्यांकअनुसार अमेरिकामा ७ हजार १५२ ले ज्यान गुमाइसकेका छन्।

कोरोनाको नयाँ इपिसेन्टर बनेको अमेरिकामा एकै दिन ३४ हजार ५०० नयाँ संक्रमित थपिएका छन्। यससँगै हालसम्म २ लाख ७७ हजार ९५३ संक्रमित भइसकेका छन्। यसैगरी इटालीमा मर्नेको संख्या उच्च रहेको छ। इटालीमा हालसम्म १४ हजार ६८१ ले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन्। यस्तै १ लाख १९ हजार ८२७ मा संक्रमण पुष्टि भइसकेको छ।

संक्रमित संख्याका आधारमा तेस्रो स्थानमा रहेको स्पेनमा ११ हजार १९८ को मृत्यु भएको छ। त्यहाँ १ लाख १९ हजार १९९ मा संक्रमण पुष्टि भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा रहेको छ।

Related Articles

Back to top button
Close