समाचार

लकडाउन फेरि एक साता बढाउन सुझाव

कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले लगाएको लकडाउन दोस्रो सातामा चलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को एक साता पनि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

सरुवा रोग विशेषज्ञ चिकित्सक र विज्ञसहित शुक्रबार बसेको बैठकले लकडाउन अझै एक साता बढाउन सरकारलाई सुझाव दिने निष्कर्ष निकालेको हो ।

भारत र अन्य देशबाट नेपाली घर आएकाले संक्रमणको जोखिम बढेकाले लकडाउन अवधि पनि बढाउनुपर्ने अवस्था देखिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका सल्लाहकार डा. खेम कार्कीले बताए । यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छिन् ।

फ्रान्समा पछिल्लो २४ घण्टाभित्र ११ सय २० जनाले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृत्यु हुनेको संख्या ६ हजार ५ सय ७ पुगेको छ ।वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार हालसम्म कूल संक्रमितको संख्या ६४ हजार ३ सय ३८ पुगेको छ । यहाँ एकैदिन ५ हजार २ सय ३३ संक्रमित भेटिएका थिए । संक्रमितमध्ये ६ हजार ६ सय ६२ को स्थिती नाजुक छ ।

Related Articles

Back to top button
Close