स्वास्थ्य/ जिबनशैली

बहराइनमा थप ९ जना नेपालीमा कोरोना भाइरस

बहराइनमा थप ९ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । नयाँ ९ जना थपिएसँगै बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १२ पुगेको छ । यसअघि संक्रमण देखिएका अन्य ३ जना नेपालीको अस्पातलमा उपचार भैरहेको छ।

दूतावासका अनुसार केही समय अगाडि सल्मादस्थित एक क्याम्पमा १ जना विदेशी नागरिकमा कोरोनाको संक्रमण देखिएपछि त्यहाँ कार्यरत करिब ४ सय जनालाई क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुमध्ये थप ९ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको हो।

यसैगरि कुवेतमा थप १ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भेटिएको छ। योसँगै कुवेतमा संक्रमित हुने नेपालीको सख्या २ पुगेको छ। कुवेतको स्वास्थ्य मन्त्रालयकाअनुसार आजसम्म कुवेतमा स्ंक्रमितको संख्या ४१७ पुगेको छ।जसमध्ये ३३५ जनाको उपचार भैरहेको छ भने १६ जना गम्भिर अबस्थामा उपचार गराइ राखेका छन्। ८२ जनाले स्वस्थ्य लाभ गरेका छन्।

Related Articles

Back to top button
Close