समाचार

नयाँ व्यक्तिको नभइ पुरानै संक्रमितको कोरोना रिपोर्ट पोजेटिभ

गण्डकी प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले नयाँ व्यक्तिमा कोरोना संक्रमण देखिएको नभइ पुरानै संक्रमितको दोस्रो पटक कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको बताएको छ ।यसअघि प्रदेश स्वास्थ्य निर्देशनालयकै एक उच्च अधिकारीले पोखरामा १ जनामा कोरोना संक्रमण देखिएको सूचना दिएका थिए ।तर, निर्देशनालयका आपतकालीन कार्यसञ्चालन केन्द्रका सम्पर्क व्यक्ति नवराज शर्माले भने पुरानै व्यक्तिको नमूना परीक्षण गर्ने क्रममा कोरोना भाइरसको पोजेटिभ रिपोर्ट आएको बताए ।

‘यहाँ केही मिस कम्युनिकेशन भएजस्तो भयो । यो नयाँ केस हैन, पुरानै संक्रमितको दोस्रो परीक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएको हो,’ शर्माले भने, ‘तर, यो पोजेटिभ भनेको १९ वर्षीया बाग्लुङकी युवतीको हो ।

जो गत चैत ४ गते कतारको दोहाबाट नेपाल आएकी थिइन् ।’यसअघि स्वास्थ्य सेवा निर्देशनालयले आफ्नो आधिकारिक वेवसाइटमा समेत नेपालमा कोरोना संक्रमितको संख्या ७ जना पुगेको भनेर अपडेट देखाएको थियो । तर, पछि उक्त संख्या सच्याएर ६ राखिएको छ ।यसअघि आधिकारिक सरकारी निकायबाट भएको गलत सूचना प्रवाहको कारण आम पाठकमा पर्न गएको भ्रम र त्यसले पारेको असरप्रति हामी क्षमाप्रार्थी छौं–

Related Articles

Back to top button
Close