समाचार

कपिलवस्तुमा भीषण आगलागी, करिब ४० घर जलेर नष्ट

केहीबेर अघिदेखि कपिलवस्तुको गुगौलीको सिङ्खो गाउँमा भीषण आगलागी भएको छ । जिल्लाको विजयनगर गाउँपालिका वडा नम्वर १ गुगौली गाउँमा लहरै रहेका फुसले छाएका घरहरुमा आगलागी हुँदा करिब ४० घर जलेर नष्ट भएको प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिए ।

हामी भर्खरै आएर आगो निभाउन लागेका छौं’ नेपालले भने, ‘लहरै घरमा आगलागी भएको छ, ४० भन्दा बढि घरहरु जलेर नष्ट भएको अनुमान गरिएको छ, एकिन विवरण भने तयार पार्न सकिएको छैन् ।’ उनले थप भने, ‘अहिलेसम्म मानवीय क्षति भएको त पाइएको छैन तर अन्न र धनमालको प्रशस्त क्षति भएको छ ।’ घटनाको बाँकी विवरण आउन बाँकी छ ।

कोरोनाभाइरस संक्रमण विश्वमै महामारीका रुपमा फैलिदैँ गएको अवस्थामा चीनबाट खुशीको खबर प्रकाशमा आएको छ ।चीनले कोरोनाभाइरस विरुद्ध खोप परीक्षणमा सामेल गरेका १०८ स्वयंसेवक समूहमध्ये १८ जना क्वारेन्टाइनबाट मुक्त भएका छन् । चिनियाँ अधिकारीहरुका अनुसार खोप परीक्षणमा सामेल उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर उनीहरुको स्वास्थ्य अवस्थाबारे सुक्ष्म अध्ययन गरिएको थियो ।

उनीहरुको स्वास्थ्य अवस्था तथा रक्त परीक्षण रिपोर्ट सकारात्मक आएको बताइएको छ । चिनियाँ अखबार ‘पिपुल्स डेली’ ले शुक्रबार ट्वीटरमार्फत खोप परीक्षणमा सामेल १८ जनाले १४ दिनको क्वारेन्टाइन अवधि पूरा गरेको र उनीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको जनाएको हो ।

परीक्षणमा सामेल सबै स्वयम्सेवक समूह चीनको कोरोना संक्रमित क्षेत्र हुबेइको ऊहान निवासी हुन् । सोही स्थानबाट कोरोना संक्रमण पहिलो पटक प्रकाशमा आएको थियो मार्च २२ मा ऊहान इभिनिङ न्यूजले जनाएअनुसार कोरोनाविरुद्धको खोप परीक्षणका लागि ४ हजार ६ सय ६७ स्वयंसेवकले नाम दर्ता गराएका थिए । तीमध्ये १ सय ८ जनालाई परीक्षणमा सामेल गराइएको हो ।

परीक्षणमा सामेल गरिएका १ सय ८ जनालाई तीन समूहमा विभाजन गरि क्वारेन्टाइनमा राखिएको थियो । तीन समूहमध्ये एउटा समूहलाई खोपको सामान्य डोज दिइएको छ भने अर्को समूहलाई मध्यम डोज दिइएको छ । यस्तै तेस्रो समूहलाई भने हेभी डोजमा खोप दिएर परीक्षण गरिएको अधिकारीहरुको भनाइ छ ।परीक्षणमा १८ देखि ६० वर्ष उमेर समूहका मानिसलाई सहभागी गराइएको छ ।खोप परीक्षणको विस्तृत नतिजा भने आइसकेको छैन ।

Related Articles

Back to top button
Close