समाचार

फोर्ब्सको ३० वर्षमुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालका ६ युवा

चैत, काठमाडौं । फोर्ब्स पत्रिकाले हरेक वर्ष सार्वजनिक गर्ने एसियाका ३० वर्षमुनिका ३० प्रभावशाली व्यक्तिको सूची (थर्टी अन्डर थर्टी) मा नेपालका ६ जना परेका छन् ।

थर्टी अन्डर थर्टी एसियाको यस वर्षको सूचीमा नेपालका शुभांगी राणा, जेसलिना राणा, प्रतिमा शेर्पा, निकिता आचार्य, किरण तिम्सिना र रोहित तिवारी परेका हुन् । शेर्पा गल्फर हुन् भने अन्य सबै युवा उद्यमी हुन् ।शुभांगी इन्जिनियर र जेसलिना मानव अधिकारवादी वकिल हुन् । उनीहरु सन् २०१८ बनेको ‘प्याड टू गो’ संस्थाको सह-संस्थापक हुन् ।

स्वास्थ्य सेवा विभागले पूर्वप्रतिवद्धताअनुसार कोरोना भाइरस (कोभिड–१९) को उपचारका क्रममा प्रयोग हुने स्वास्थ्य सामाग्री खरिदका लागि टेण्डर आह्वान गरेन ।

ओम्नी विजनेश कर्पोरेट इन्टरनेसनलसँग गरेको विवादास्पद खरिद सम्झौता रद्द गरेको घोषणा गर्दै विभागका महानिर्देशक महेन्द्रकुमार श्रेष्ठले नेपाल आपूर्तिकर्ताहरुसँग बिहीबार कोटेसन माग्ने बताएका थिए । बिहीबार नेपाली सप्लायर्सहरु विभागमा पुगेका थिए ।

उनीहरुले पूर्वप्रतिवद्धताअनुसार आम्नी समूहले भन्दा सस्तोमा स्वास्थ्य सामाग्री ल्याउन बताएका थिए ।तर विभागले टेण्डर आह्वान प्रक्रिया सुरु गरेन । ‘जीटूटीमार्फत ल्याउने कि भनेर छलफल भइरहेको खबर आएपछि आज प्रक्रिया सुरु गरिएन’ विभागका महानिर्देशक श्रेष्ठले अनलाइनखबरसँग भने ।

कोभिड-१९ सम्बन्धी सम्बन्धी उच्चस्ततरीय समितिको बुधबार बसेको बैठकमा पनि जी टू जी (सरकारबाटै सरकारमा) सम्झौता गरेर स्वास्थ्य सामाग्री ल्याउनेबारे छलफल भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खचिवडाले पनि जीटूजीमा स्वास्थ्य सामाग्री ल्याउन पाए उपयुक्त हुने बताए ।

Related Articles

Back to top button
Close