समाचार

वास्तवमा अर्काको देश भनेको साँच्चै विरानो हुँदो रहेछ । पानी पनि खान पाएका छैनौं

भारतमा कोरोना (कोभिड–१९) भाइरस फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको भनिएको धार्मिकसभामा सहभागी ३३ जना नेपाली अहिले नयाँ दिल्लीमा क्वारेन्टाइनमा राखिएका छन् ।

मार्चको सुरुवातमा नयाँदिल्लीस्थित निजामुद्दीनको मर्कज बिल्डिङमा तबलिगी समुदायको धार्मिकसभा भएको थियो । १ देखि १५ मार्चसम्म चलेको र करिब ८ हजार जना सहभागी त्यो सभामा विभिन्न देशका मानिसहरु सहभागी थिए । सहभागीमध्ये २२ जनामा कोरोना संक्रमण देखिएको थियो ।

धार्मिकसभामा सहभागी नेपालीमध्ये अधिकांश रौतहटका छन् ।, १६ जना रौतहट र ४ जना निजगढ र जीतपुर बाराका नेपाली उक्त धार्मिकसभामा सहभागी भएको देखिन्छ । यद्यपि, सभामा सहभागी अझै कतिपय नेपाली प्रशासनको सम्पर्कबाहिर रहेको हुनसक्ने आशंका गरिएको छ ।

वास्तवमा अर्काको देश भनेको साँच्चै विरानो हुँदो रहेछ । पानी पनि खान पाएका छैनौं
क्वारेन्टाइनमा राखिएका नेपालीहरूमा हालसम्म कोरोनाको संक्रमण देखिएको छैन । उनीहरूमा ज्वरो नदेखिएपछि दिल्ली प्रशासनले क्वारेन्टाइनमा राखेको थियो ।

तर, क्वारेन्टाइनमा राखिएका नेपालीले आफूहरुलाई राम्रोसँग खान पनि नदिइएको गुनासो गरेका छन् । पानी खानसमेत घण्टौं कुर्नु परेको उनीहरुको भनाइ छ । क्वारेन्टाइनमा राखिएकामध्ये एक जना नेपाली बाराका मिजार आलमले अनलाइनखबरसँग भनेका छन्, ‘भात नखाइ बाँचिएला तर, पानीविना कसरी बाँच्नू ?’

हामी बाराबाट १७ जेनुवरीमा तीर्थ यात्राका निस्किएका थियौं । सप्तरीको झाँझड हुँदै काँकरभिट्टा पुग्यौं । मसहित समूहमा १३ जना थियौं । सिलगुढी हुँदै कोलकत्ता पुगेर दुई रात बस्यौं । चेन्नई पुगेपछि काडपाडी, भेलोर हुँदै उर्सारमसम्म जाने तयारी थियो ।

चेन्नई पुग्दासम्म कोरोना भाइरसबारे कुनै जानकारी थिएन । हामी पहिलो पटक भारत जाँदै थियौं । त्यहाँको तापक्रम खप्न एकदमै गाह्रो भयो । फर्किने कि भन्ने पनि कुरा भयो । नेपालमा सम्पर्क गर्दा फर्किन सुझाव आयो ।

चेन्नईबाट सिधै रक्सौल जाने ट्रेन पाइएन । त्यसपछि १७ फ्रेअब्रअरी तारिखमा चार दिनपछि दिल्ली फर्किने गरी ट्रेनको टिकट काट्यौं । चेन्नई रेलवे स्टेशनमा मेसिनबाट हाम्रो ज्वरो नापियो । रातो बत्ती बल्यो भने शंका गरेर हिँड्न दिँदैन रहेछ ।

हामी मार्च २३ तारिखमा दिल्ली पुग्दा लकडाउन भइसकेको थियो । त्यतिञ्जेल हामीलाई लकडाउन भनेको के हो भन्ने पनि थाहा थिएन । ट्रेन मात्र नचल्ने होला भन्ने लागेको थियो । दिल्लीमा होटलमा बस्दा धेरै पैसा लाग्ने भयो । हाम्रो टोलीमा मात्र १३ जना भएकाले पैसा बढी हुने भयो । हामीसँग त्यति धेरै पैसा थिएन ।

Related Articles

Back to top button
Close