रोचक

लैंगिक समानताको नाममा केटाहरुको हरिबिजोग: स्कर्ट लगाएर स्कुल !

मेक्सिको सरकारले हालै गरेको निर्णय अनुसार विद्यालयमा छात्र वा छात्रा लगाउने स्कुल ड्रेसमा फेरबदल गराईएको छ। । यस अन्तर्गत छात्राले पाइन्ट र छात्रले स्कर्ट लगाउने पाईने भएको छ।

मेक्सिको शहरकी मेयर ‘क्लाउडिया सेईनवम’ ले विद्यालयमा लैंगिक समानता कायम गर्न यस्तो निर्णय गरेकी हुन्। हाल उक्त क्षेत्रमा लैंगिक समानताको अभियान नै चलिरहेको छ। यस अभियानलाई समर्थन गरि केटाहरुले स्कर्ट लगाएर स्कुल जान थाले पछि हाल विश्व नै आश्चर्यचकित भएको छ।

मेक्सिकोको एक विद्यालयको विद्यार्थीले खिचाएको एक ग्रुप फोटो हाल जताततै भाईरल भईरहेको छ। जसमा केटाहरुले स्कर्ट लगाएका छन् भने केटिहरुले पाईन्ट लगाएका छन्। लैंगिक समानता ल्याउन खोज्नु मेक्सिको सरकारको एउटा गतिलो कदम हुन सक्छ। तर लैगिक समानता भन्दा पनि कुन कपडाले सुट गर्छ ,सुहाउदो कपडा लगाउदा अझ समय सान्दर्भिक हुन सक्छ। समानता कपडामा होईन सोचमा हुनुपर्छ।

Related Articles

Back to top button
Close