अन्तर्राष्ट्रिय समाचारस्वास्थ्य/ जिबनशैली

फ्रान्समा २४ घण्टाभित्र १,३५५ को मृत्यु

फ्रान्समा कोरोनाभाइरसका कारण एकैदिन १३ सय ५५ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृतकको संख्या ५ हजार ३ सय ८७ पुगेको छ ।वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार एकैदिन २ हजार १ सय १६ जना नयाँ संक्रमित भेटिएपछि यहाँ संक्रमितको कूल संख्या ५९ हजार १ सय ५ पुगेको छ । तीमध्ये ६ हजार ३ सय ९९ को स्थिती गम्भीर छ ।यद्यपि, १२ हजार ४ सय २८ संक्रमित निको भएर घरसमेत फर्किसकेका छन्

कोरोेना भाइरस (कोभिड—१९) नियन्त्रण तथा रोकथामका लागि नेपाल यति बेला लकडाउनमा रहे पनि मुलुकभरका इँटा उद्योग भने बन्द नहुने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडका अनुसार निर्माण सामग्रीका साथै इँटा उत्पादन पनि अत्यावश्यक वस्तुअन्तर्गत पर्ने भएकाले इँटा उद्योग बन्द नभएका हुन् ।

इँटा उद्योग मौसमी भएकाले यसलाई अहिले बन्द गर्ने हो भने आगामी दिनमा इँटाको मूल्य महँगो हुनेछ । त्यही भएर सुरक्षाका उपायहरू अपनाएर उत्पादन गर्न उद्योगीहरूलाई जानकारी गराइएको राज्यमन्त्री दुगडले बताए । यद्यपि नेपाल इँटा उद्योग महासंघले १ हप्ताअघि इँटा उद्योग बन्द नगर्न भन्दै मन्त्रालयमा निवेदन दिएको थियो ।

मजदूर तथा श्रमिकहरू इँटा उद्योगभित्र नै बस्ने र बाहिरको आवतजावत पनि कम हुने भएकाले कोरोना भाइरसको संक्रमण उच्च नहुने उनको तर्क छ । कोइला आयातका लागि ढुवानी गर्न सवारीसाधनलाई पास तथा सुरक्षाको व्यवस्था मिलाइएको उनको भनाइ छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा हिमा वि.क.ले लेखेकी छन् ।

Related Articles

Back to top button
Close