समाचार

लकडाउनका बेला ललितपुरमा भेटिए ११ जना इन्डोनेसियन

सरकारले कोरोना (कोभिड–१९) भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेको दशौं दिन ललितपुरमा ११ जना इन्डोनेसियन भेटिएका छन् ।उनीहरू बुधबार इमाडोल मस्जिदमा पुगेका थिए ।

लकडाउनका बेला अचानक विदेशी नागरिक आइपुगेपछि मस्जिदमा बस्नेहरू त्रसित बनेका थिए । उनीहरूले स्थानीय प्रशासनलाई जानकारी दिएका थिए ।

११ जनालाई क्वारेन्टाइनमा लैजाने तयारी भइरहेको छ । यद्यपि कहाँको क्वारेन्टाइनमा राख्ने बन्ने टुंगो लागिसकेको छैन ।ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले उनीहरू नेपालमा लकडाउन भन्दा पहिला नै आएको पाइएको जानकारी दिए ।११ जनाको ज्वरो सामान्य रहेको पाण्डेयले बताए । उनीहरू २१ जनवरी र ११ फ्रेबरीमा नेपाल प्रवेश गरेको देखिन्छ ।

२० चैत, वीरगञ्ज । कोरोना संक्रमणको आशंकामा पर्साको ठोरी गाउँपालिका–२ बाट वीरगञ्ज ल्याइएका युवक र उनको भाइको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमणको लक्षणसँग मिल्दो जुल्दो लक्षण युवकमा देखिएपछि स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको हो । उनीसँगै आएका नातामा भाई पर्ने व्यक्तिको पनि नमुना संकलन गरी जाँचका लागि पठाइएको छ । बुधबार नै स्वाब जाँचका लागि एम्बुलेसमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पठाइएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए ।

Related Articles

Back to top button
Close