समाचार

छैटौं कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया वृद्धा

२० चैत, काठमाडौं । नेपालको छैटौं कोरोना संक्रमित महिला बागलुङको भएको खुलेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको पुष्टि गरे ।

उनी नेपालको दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षकी युवती आएकै कतार एयरवेजको क्युआर ६५२ मै चैत ४ गते नेपाल आएकी थिइन् । उक्त जहाजमा आउने तीन जनामा नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ ।बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले नेपालमा छैटौं कोरोना संक्रमित भेटिएको जानकारी गराएका थिए अहिलेसम्म घरमै बसेकी उनलाई अस्पताल ल्याउने तयारी भइरहेको चिकित्सकहरुले बताएका छन् ।

सर्वोच्च अदालतले भारतीय भूमिमा अलपत्र नेपाली नागरिकलाई स्वदेश फर्किन सीमा नाका सञ्चालनको लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।बिहीबार न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले अधिवक्ता मनिषकुमार श्रेष्ठले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सीमा नाका निर्बाध सञ्चालनका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्चले अन्तरिम आदेशका लागि २४ गते दुबै पक्षलाई छलफलमा बोलाएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । रिट निवेदक श्रेष्ठले नेपाल प्रवेश गर्न सयौं नेपाली नागरिक भारतीय भूमिमा पर्खेर बसेको भन्दै सीमा नाका निर्बाध सञ्चालनका लागि अन्तरिम आदेश माग गरेका थिए ।

Related Articles

Back to top button
Close