समाचार

अमेरिकाले मागेको कामदार भिसाको नतिजा प्रकाशित

बिहीबार काठमान्डौ , अमेरिकाले खुलाएको अमेरिकी कामदार भिसा एचवानबीको अनलाइन दर्ताको नतिजा प्रकाशित गरिएको छ । युएससीआईएसले मार्च १ देखि २० सम्म अनलाइनमार्फत प्रारम्भिक रुपमा दर्ता गरिएका आवेदनको नतिजा प्रकाशित गरेको हो । छानिएकाहरुले आज अर्थात् अप्रिल १ देखि एचवानबी भिसाका लागि फाइल गर्नसक्नेछन् ।झण्डै ४० हजार अनलाइन एकाउन्टहरु निर्माण गरिएको र झण्डै २ लाख ७५ हजारले अनलाइनमार्फत दर्ता गराएको युएससीआईएसले जनाएको छ ।

प्राप्त आवेदनहरुलाई लोटरीमार्फत छनौट गरिएको युएससीआईएसले जनाएको छ ।आवेदकहरुमध्ये झण्डै ४६ प्रतिशत अमेरिकाको एड्भान्स डिग्री लिएकाहरु रहेको युएससीआईएसले जनाएको छ । ८१ प्रतिशत आवेदकहरु चीन र भारतका रहेका छन् । जसमध्ये भारतका ६७ दशमलव ७ प्रतिशत र चीनका १३ दशमलव २ प्रतिशत रहेका छन् ।

Related Articles

Back to top button
Close