समाचार

कोरोना भाइरस (कोभिड–१९) को कारण विश्व प्रसिद्ध दक्षिण अफ्रिकाकी वैज्ञानिक गिता रामजीको मृत्यु

बीबीसीले उल्लेख्य गरे अनुसार मंगलबार उनको मृत्यु भएको हो ।

प्राध्यापक रामजी हालै बेलायतबाट घर फर्केकी थिइन् । घर फर्केपछि उनी निमोनियाको कारण क्वाजुलु–नाटाल प्रान्तस्थित अस्पतालमा भर्ना भएकी थिइन् । उनले दक्षिण अफ्रिकामा एचआईभी संक्रमण रोक्ने उपायको खोजीमा ध्यान केन्द्रित गर्दै आएकी थिइन् । साथै उनले क्षयरोग (टीबी) रोकथामका लागि पनि काम गरेकी थिइन् । जसबाट उनले विश्वभर ख्याती कमाएकी थिइन् ।

चीनको वुहानबाट गत डिसेम्बरको अन्तिममा देखिएको कोभिड–१९ को महामारी अहिले विश्वभर फैलिएको छ । जोन्स हप्किन्स यूनिभर्सिटीकाअनुसार कोरोना भाइरसबाट विश्वभर संक्रमित हुने मानिसको संख्या आठ लाख ७७ हजार नाघिसकेको छ । समग्र मृत्यु हुने मानिसको संख्या पनि ४३ हजार ५ सय नाघेको छ ।

सरकारले चीनबाट ल्याएको पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) सेट नाम मात्रको भएको पाइएको छ ।सरकारले कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि चाहिने पीपीईसहितका स्वास्थ्य उपकरणहरु ल्याउने जिम्मा ओम्नी विजनेस कर्पोरेट इन्टरनेसनललाई दिएको थियो । महंगो मूल्यमा किनेको भनेर आलोचना भइरहेका बेला सरकारले सम्झौताअनुसार सामान नआएको भनेर सम्झौता रद्द गरेको छ ।

तर आइतबार पहिलो लटमा आएका सामानमध्ये पीपीईमा पुरा सेट नै नभएको पाइएको छ ।चीनबाट आएका पीपीईमध्ये सरकारले हरेक प्रदेशलाई करिव एक हजार थानका दरले बाँँडेको थियो । गण्डकी प्रदेशका लागि छुट्याएका सामानहरु मंगलबार पोखरा आइपुग्यो । ३७ हजार माग गरेको प्रदेश सरकारलाई एक हजार पीपीई थोरै हो । तर जति आएको छ, त्यसलाई जिल्ला जिल्लामा पठाएर काम चलाउने निर्णय भयो ।तर जब पीपीई बक्स खोलेर हेरे, अधिकारीहरु छक्क परे ।

Related Articles

Back to top button
Close