समाचार

लकडाउन’मा पनि खाली छैनन् कुलमान-आफ्नो व्यक्तिगत सुविधा–असुविधाभन्दा बढी बिजुलीको निरन्तर सप्लाइमा ध्यान

विद्युत् आपूर्ति अति जरुरी सेवाअन्तर्गत भएकाले सबै कर्मचारीलाई बिदा दिएका छैनौं । कतिपयले कामको प्रकृति हेरेर घरघरमा बसेर काम गरेका छन् । नो लाइट सर्भिस, सबस्टेसन, पावर हाउसमा चौबिसै घण्टा ड्युटी हुन्छ । पावर हाउसमा बस्ने प्राविधिक कर्मचारी ‘कम्प्लिट आइसोलेसन’ मा छन् । कलंकीको स्युचाटारस्थित प्रणाली सञ्चालन विभागमा विद्युत् प्राधिकरणका १२ जना इन्जिनियर क्वारेन्टाइनमा बसेजसरी काम गरिरहेका छन् । जहाँबाट मुलुकभरको विद्युत् उत्पादन र खपतको तथ्यांक आउने गर्छ । अर्थात् सबै नियन्त्रण यहींबाट हुन्छ ।

उनीहरू चौबिसै घण्टा त्यहीं बस्छन्। उनीहरूलाई खानेकुरा बाहिरबाट पुर्‍याउने गरिएको छ। उनीहरू बाहिर आउन पाउँदैनन्। बाहिरका कर्मचारी पनि त्यहाँ जान पाउँदैनन्। त्यहाँका प्रमुखलाई पनि भित्र छिराइएको छैन। बिहान उठ्नेबित्तिकै मुकभर विद्युत् उत्पादन र खपतको विषयमा उनीहरूसँग जानकारी लिन्छु। सञ्चालित पावरहाउसहरूको सञ्चालन कुन अवस्थामा भइरहेको छ जानकारी लिनु अर्को महत्त्वपूर्ण काम हो। प्राधिकरणका खासखास कार्यालयसँग मुलुकभरको अवस्था जानकारी लिने गरेको छु।

अस्पताल, सरकारी कार्यालय वा संक्रमितको घरमा छिर्नुपर्‍यो भने कर्मचारीमा आफू पनि संक्रमित हुने भय हुन्छ। रोग फैलियो भने पनि बिजुली बन्द गर्न त भएन। त्यसका लागि कर्मचारी ‘सेभ’ हुनुपर्छ। फ्रन्टलाइनमा बसेर मुलुकभर तीन हजारभन्दा बढी कर्मचारीले काम गरिरहेका छन्। भ्यालीमा मात्र १५ वटाभन्दा बढी कार्यालय छन्। राति पनि काम गरिरहेका छौं। अहिले सडक क्षेत्रमा बढी समस्या आउने गरेको छ। व्यक्ति घर, अस्पताल वा कार्यालयहरूमा यस्तो समस्या आयो भने जटिलता उत्पन्न हुन सक्छ। गाह्रोचाहिँ के हो भने चैत–वैशाख हावाहुरीले पोल ढाल्ने वा यस्ता कुनै समस्या हुन सक्छ, त्यो चुनौती सामना गर्न भने सबै कर्मचारीको परिचालन जरुरी हुन्छ।

Related Articles

Back to top button
Close