समाचार

नेतालाई अढाई करोड बुझाएर राष्ट्रियसभा सदस्य, ‘डिल’ गरेको अडियो बाहिरियो (अडियोसहित)

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) नेता शेखर सिंहले अढाई करोडमा टिकट किनेर राष्ट्रिय सभा सदस्यमा नि’र्वाचित भएको रहस्य बाहिरिएको छ। सप्तरी घर भएका सिंह गत माघ ९ मा जनकपुरधाममा भएको राष्ट्रिय सभाको निर्वाचनमा नेकपा–राजपा ग’ठबन्धनको साझा उम्मेदवार भएर सदस्यमा नि’र्वाचित भएका थिए। उनले अढाई करोडमा राजपा अध्यक्षमण्डलसँग टिकटको ‘डिल’ गरेको अडियो बाहिरिएको हो। सप्तरीमा प्रमुख जिल्ला अधिकारीसमेत भइसकेका पूर्वरक्षा सचिव तिलकराम शर्माले सिंहलाई टिकट दिलाउन अन्य व्यक्तिसँग अढाई करोड लिएर राजपा अध्यक्ष मण्डललाई बुझाएको उक्त अडियोबाट खुलेको छ।

उक्त अडियो सुरजित सिंह र ज्योती झाबीच फोनमा भएको कुराकानीको हो। ज्योति झाले पूर्व रक्षासचिव शर्मालाई सुरजितसँग कुराकानी गराएका छन्। सुरजित शेखर सिंहका अं’सियार (दि’याद) रहेको स्रोतले जनाएको छ। तर सुरजितले भने शेखर अंकलसँग ३६ को आँ’कडा (वि’वाद) रहेको टेलिफोनमा झासँग भनेका छन्। यद्यपि उनले काठमाडौं आएपछि पहल गर्ने र १०/१५ दिन मौ’न भएर बस्नसमेत भनेका हुन्। सु’रजितले पहिलो पटक कुरा हुँदा फोन का’टेर राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोरसँग कुरा गरेका छन्। उनले पुनः फोन गरी राजेन्द्र महतोलाई फोन गर्दा उठेन र राजकिशोर यादवसँग कुरा गरेको बताएका छन्।

उनले राजकिशोरले पार्टीको ब’दनामी हुन्छ भन्दै बसेर छलफल गरी वि’वाद सु’ल्झाउन भनेको पनि पूर्व सचिव शर्मासँग भनेका हुन्। शर्माले हुन्छ भन्दै ठिक छ पछि कुरा गरौंला भनेर फोन का’टेका छन्। ‘रकम जोसँग लिएछु, उसले द’बाब दिन थालेका छन्’, पूर्वसचिव शर्माले सुरजितसँग फोनमा भनेका छन्, ‘म त नराम्ररी फ’सेँ। तपाईंले प’हल गरिदिनुपर्यो।’ उनले आफू विश्वास गरेर क’मिटमेन्ट गरेको व्यक्तिलाई रकम बुझाइसकेको र अहिले शेखर सिंह फोन नै उठाउन छाडेको गु’नासो समेत गरेका छन् ।थाहा खबर बाट ।

Related Articles

Back to top button
Close