समाचार

पत्‍नीलाई ढाँटेर प्रेमिकालाई भेट्न जाँदा कोरोना संक्रमित !

अहिले कोरोना भाइरस बाट विश्वनै त्रसित भैरहेको छ ।यसै बिच बेलायतमा एक व्यक्तिलाई अनौठो तरिकाले कोरोना भाइरसको संक्रमण लागेको छ ।आफ्नै पत्नीलाई झुक्याएर प्रेमिकालाई भेट्न गएका एक वयस्कलाई कोरोना भाइरस संक्रमण तिनै प्रेमिकाबाट सरेको छ । पछिल्लो साता पत्नीलाई बिजनेस मिटिङका लागि भन्दै ती व्यक्ति ब्रिटेन पुगेका थिए । तर उतैबाट उनी बिजनेस मिटिङ छलेर प्रेमिकालाई भेट्न इटाली पुगे ।प्रेमिकासँग केही दिन बिताएका ती व्यक्ति संक्रमित प्रेमिकाबाटै संक्रमित बनेका हुन् ।

संक्रमणपछि उनले आफ्नी प्रेमिकालाई भेटेको बेलायतस्थित ‘पब्लिक हेल्थ कोर्डिनेटर’समक्ष स्वीकार गरे पनि उनको नाम भने खुलाउन चाहेका छैनन् ।३० वर्षीया ती युवती आइसोलेसनमै राखिएकी छन् । ‘द सन’को रिपोर्ट अनुसार यस्तो समाचार बाहिरिएको हो ।ती व्यक्तिकी पत्नीलाई पनि अहिले आइसोलेसनमा राखिएको छ ।

सरकारले कोरोना (कोभिड १९) भाइरस प्रभावित मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रो’क लगाएको छ। भारतीय नागरिक भने बिहीबारसम्म नि’र्वाध रुपमा नेपाल प्रवेश गरिराखेका छन्। भारतमा कोरोना संक्रमणले तीनजनाको मृत्यु भइसकेको छ भने १७० जना संक्रमित भइसकेका छन्। हवाई र सडक र पैदलमाध्यमबाट हजारौंको संख्यामा नेपाल प्रवेश गरिरहेका छन्। अध्यागमन स्रोतका अनुसार देशमा कोरोना संक्रमण फैलिएपछि नेपाल प्रवेश गर्ने भारतीय नागरिकको संख्या बढेको छ ।यसलाई रो’क्ने विषयमा बिहीबार छलफल भएको हो।

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा भारतीय नागरिकलाई तत्कालका लागि कसरी रो’क्ने भन्ने विषयमा छलफल भएको हो। बैठकको प्रमुख एजेण्डा नै कोरोना भाइरसको वस्तुस्थिति, पूर्वतयारी तथा प्रतिकार्य योजना थियो। एजेण्डामाथि छलफल गर्दै बैठकमा भारतीय नागरिकलाई रो’क्ने विषयमा छलफल भएको हो। निर्णय भने केही नभएको गृह स्रोतले बताएको छ। त्यसैगरी बै’ठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको तयारीको विषयमासमेत छलफल भएको छ। सँगै कोरोना संक्रमण विश्वव्यापी बनिरहेका बेला सरकारले उच्च स’र्तकता अपनाएको छ।

Related Articles

Back to top button
Close