अन्तर्राष्ट्रिय समाचार

अवैध सम्बन्ध पतिले गुप्ताङ्गमा सुपरग्लु लगाए, पत्नीको अवस्था गम्भीर

अवैध सम्बन्ध पतिले गुप्ताङ्गमा सुपरग्लु लगाए, पत्नीको अवस्था गम्भीर

अफ्रिकी मुलुक केन्यामा एक व्यक्तिले अवैध सम्बन्ध राखेको आशंकामा पत्नीको यौनाङ्ग सुपर ग्लुले टालिदिएका छन् ।डेली स्टारको रिपोर्टका अनुसार ३६ वर्षीय डेनिस मुमो मानसिक रुपमा बिरामी छन् । उनले आफ्नी पत्नीको मोबाइलमा केही म्यासेज र तस्बिरहरु देखेका थिए । उनले त्यसलाई नै आधार मानेर पत्नीको अवैध सम्बन्ध भएको आशंका गरेका थिए ।

पतिको यस्तो व्यवहारपछि छटपटाएकी ती महिलालाई उनका छिमेकीले उद्दार गरेका थिए । र उनलाई अस्पतालमा भर्ना गरेका थिए । उनको हालत गम्भीर भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

केन्याको एउटा सानो गाउँमा कितुईमा रहने मुसो मजदुर हुन् । र उनी कामको सिलसिलामा घरबाट टाढा बस्ने गर्थे । उनका अनुसार उनकी पत्नीले उनी घरमा नभएको समयमा परपुरुषसँग सम्बन्ध राख्ने गरेको उनको दाबी छ ।

घटनापछि फरार भएका थिए पति
उद्दारकर्ताहरुका अनुसार उनले उनकी पत्नीलाई बाँधेर उनको यौनाङ्गमा सुपरग्लुले टालिदिएका थिए । र उनी फरार भएका थिए । रिपोर्टका अनुसार जब एक जना छिमेकीले उनलाई समाउने कोसिस गरेका थिए । तर उनलाई कुटपिट गरी उनी फरार भएका थिए । यद्यपि,आरोपीलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनले प्रहरी समक्ष आफ्नो गल्ती स्वीकारेका छन् ।

पत्नीको गल्तीको प्रमाण
स्थानीय मिडियाका अनुसार मुसोले आफ्नी पत्नीको दोषको प्रमाण दिएका छन् । उनले चार पुरुषहरुले पत्नीलाई पठाएका म्यासेज र तस्बिर सार्वजनिक गरेका छन् ।

प्रहरीले मुसोमाथि घरेलु हिंसाको आरोप लगाएको छ । उनकी पत्नीको प्रजनन अंगमा गहिरो चोट लागेको छ । उनको उपचार भइरहेको भए पनि उनमा बाँझोपनको समस्या आउन सक्ने डाक्टरहरुले बताएका छन् ।

Related Articles

Back to top button
Close