समाचार

विदेश काम गर्न जान नपाउनेलाई सरकारले रोजगार दिने

कोरोनाभाइरसका कारण काम गर्न विदेश जान नपाएका नेपाली कामदारलाई रोजगार प्रदान गर्ने भएको छ।सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले बिहीबार नियमित पत्रकार सम्मेलनमा विदेश काम गर्न जान नपाएकालाई सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् रोजगारी दिने बताए।’काम गर्ने चाहने व्यक्तिले नाम सूचीकृत गर्नुभयो भने सरकारले त्यस्ता व्यक्तिलाई रोजगार दिन्छ,’ मन्त्री खतिवडाले भने।

उनले अहिलेको अवस्थामा साना काम गर्न चाहनेलाई सरकारले रोजगार दिनसक्ने बताए। तर टेबल वर्क मात्र गर्छु भन्नेलाई सरकारले रोजगारी दिन नसक्ने उनले जनाए।विभिन्न मुलुकले नेपाली कामदारलाई मुलुक प्रवेशमा रोक लगाएपछि धेरै मानिसहरू प्रभावित भएका छन्।

सर्वोच्च अदालतले विश्वभरि नै फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संभावित संक्रमणबाट बच्न पूर्ण बैठक बस्ने तय गर्दै शुक्रबार मुद्दाको सुनुवाइ स्थगन गरेको छ।सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार कोरोनाको संभावित संक्रमणलाई न्यूनीकरण गर्ने उपायका बारेमा प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक बस्ने तय भएको हुनाले शुक्रबार सुनुवाइ स्थगन गरेको हो।

शुक्रबार बिहान ११ बजे बस्ने तय भएको पूर्ण बैठकले अदालत बन्द गर्ने वा अतिआवश्यकबाहेक अरु बन्द गर्ने भन्ने विषयमा निर्णय गर्नेछ।यहीँ चैत ४ नेपाल बार एशोसिएसनले विश्वभरि नै कोभिड–१९ फैलिरहेका अवस्थामा अत्यावश्यक कामबाहेक अन्य सेवा प्रवाह नगर्ने निर्णय गर्न सर्वोच्च अदालत समक्ष अपिल गरेको थियो।

 

Related Articles

Back to top button
Close