समाचार

‘स्नातकोत्तर तह सेमेस्टर प्रणालीअन्तर्गतका सबै परीक्षा शुक्रबारदेखि लागू हुने गरी अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरिएको छ,’

शुक्रबारदेखि सुरू हुने भनिएको स्नातकोत्तर तहका सबै परीक्षा स्थगित भएको छ।त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले स्नातकोत्तर तह सेमेस्टर प्रणालीअन्तर्गतका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

‘स्नातकोत्तर तह सेमेस्टर प्रणालीअन्तर्गतका सबै परीक्षा शुक्रबारदेखि लागू हुने गरी अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरिएको छ,’ डिन डिल्लीराज सापकोटाले भने।कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणको त्रासलाई ध्यानमा राखेर परीक्षा स्थगित गरेको उनले बताए।सअघि शिक्षा मन्त्रलायले बुधबार साँझ सम्पूर्ण शैक्षिक संस्थामा पठनपाठन र एसइईलगायत परीक्षा स्थगित गरेको थियो।

पोखरा १३ मियापाटन निवासी खगेन्द्रबहादुर गुरुङको बाथरूममा बिहानै चितुवा पस्यो। गुरुङ परिवारले हल्ला गरे, प्रहरी बोलाए। बाथरूमभित्र पसेको चितुवालाई निकाल्नुपर्ने भयो। नियन्त्रणका लागि जिल्ला वन कार्यालय कास्कीका प्रमुख रामजी श्रेष्ठसहित प्रहरीको टोली पुग्यो। स्थानीय पनि जुटे।

बाथरूमभित्र बसेको चितुवालाई उनीहरूले हेर्न खोजे। यत्तिकैमा चितुवा आक्रमणमा उत्रियो। चितुवाले कोपर्दा कास्कीका वन प्रमुख श्रेष्ठ सामान्य घाइते भएका छन्। सशस्त्र प्रहरी हवल्दार फटिक मगर चितुवाको आक्रमणबाट जोगिन खोज्दा हातमा चोट लागेको छ।

चितुवाको आक्रमणले औद्योगिक क्षेत्र बस्ने श्यामबहादुर थापाको भने टाउको र पाखुरामा चोट लागेको छ। उनीहरूलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेको कास्कीका इन्स्पेक्टर नरहरी अधिकारीले जानकारी दिए।सामान्य घाइते भएका वन प्रमुख श्रेष्ठ र सशस्त्र प्रहरी हवल्दार मगर सामान्य उपचार गरेर घर फर्किएका छन् भने थापालाई अस्पतालमै राखिएको छ ।आक्रमणकारी चितुवालाई भने नियन्त्रणमा लिएर जिल्ला वन कार्यालयलाई बुझाएको प्रहरीले जनाएको छ।

Related Articles

Back to top button
Close