समाचार

नेपाल आउने भारतीय बढे: चीनबाट भन्दा भारतबाट कोरोना भाइरस नेपाल फैलिने खतरा !

विश्वभर अहिले कोरोना भाइरस संक्रमणको त्रास छ। चीन हुँदै विश्वभर पुगेको कोरोना भाइरसका कारण अहिले ८ हजार भन्दा बढी व्यक्तिको ज्यान गैसकेको छ। पछिल्ला केहि दिनहरुमा कोरोना भाइरस संक्रमणले युरोप बढी प्रभावित भएको छ। युरोप सबै भन्दा बढी प्रभावित देश इटाली हो। बुधबार एकैदिनमा त्यहाँ लगभग ५०० जनाको ज्यान गएको बताइन्छ।

युरोपसँगै कोरोना भाइरस भारत र अमेरिकामा पनि फैलिने क्रममा छ। अमेरिकामा हाल सम्म संक्रमितको संख्या ९ हजार नाघेको छ भने ज्यान गुमाउनेको संख्या पनि बढेर १५० पुगेको छ। नेपालको छिमेकि मुलुक भारतमा अहिले सम्म १६९ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भैसकेको छ। त्यहाँ ३ जनाको ज्यान गैसकेको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाको उच्च जोखिमयुक्त मुलुककाे सूचीमा नेपाललाई राखिसकेको छ। कोरोनाको केन्द्रविन्दु रहेको चीनबाट उच्च जोखिम रहेको बताइएता पनि नेपाल हाल सम्म सुरक्षित नै देखिएको छ।

तर, अर्को छिमेकि मुलुकमा भारतका कारण भने नेपाल जोखिममा हुने तर्फ विज्ञहरुले सतर्क रहनुपर्ने बताएका छन्। विश्वकै दोस्रो ठूलो जनसंख्या भएको देश भारतमा कोरोना भाइरसको केन्द्रविन्दु बन्न सक्ने बताइएसँगै नेपाल सतर्क रहनुपर्ने विज्ञहरुले बताएका हुन्। स्मरण रहोस्, बुधबार मात्रै चीन केन्द्रविन्दु रहेको विश्वभर फैलिएको कोरोना भाइरसले भारतलाई केन्द्रविन्दु बनाउन सक्ने तर्फ विज्ञहरुले चेतवानी दिएका थिए।

भारत नेपाल बीच खुला सिमाना भएका कारण पनि चीन भन्दा बढी भारतबाट नेपाललाई कोरोना भाइरस संक्रमणको जोखिम रहेको विज्ञहरु बताउँछन्। स्थलमार्गको जोखिम एकतर्फ भएपनि हवाईमार्गबाट ठूलो संख्यामा भारतीयहरु नेपाल आउन थालेपछि थप जोखिम बढेको विज्ञहरु दावी छ।

कोरोना संक्रमण भेटिएकामध्ये सबैभन्दा कम प्रभावित मुलुकको रुपमा रहेको नेपाललाई सुरक्षित मानेर नेपाल आउने भारतीयहरुको संख्या पछिल्ला केहि दिनहरुमा बढेको तथ्यांक समेत सार्वजनिक भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दैनिक १५० भन्दा बढी भारतीय नागरिक नेपाल आइरहेको विमानस्थल श्रोतको दावी छ।

Related Articles

Back to top button
Close