मनोरंजन

“हो मैले पन्त पन्त भनेर हिमेशलाई जिताएको हुँ’, अब हिमेशले मलाई १५ लाख दिन्छ !

कमेडी च्याम्पियनको विजेता हिमेश पन्त भएसंगै खड्ग बहादुर पूनका समर्थकहरुले वि’रोध जनाएका थिए । यहि विषयमा उक्त शोका निर्माता देखि जजहरुले स्पष्टिकरण दिंदै आएका छन् । यहि विषयमा शोका एक जज सन्तोष पन्तले खुलेर भनेका थिए कि हिमेश पन्तले १० लाख भोटले खबपूलाई जितेका हुन्।

आज सन्तोष पन्तले क्यानाडा नेपालसंग कुराकानीमा खबपू माथि व्यंग्य गर्दै भने, “हो मैले पन्त पन्त भनेर हिमेशलाई जिताएको हुँ । अब हिमेशले मलाई १५ लाख दिन्छ र आफु १० लाख राख्छ । अब मैले यो भन्दा कसले पत्याउँछ ? के म मात्र जज थिएँ त्यो कार्यक्रममा ? यस्तो हावा वि’रोध गरेर हुन्छ। जसले धेरै भोट पायो उसैले जितेको हो कुनै जातिवादी कुराले होईन ।”

सन्तोष पन्तले खबपूका समर्थकले गरेको वि’रोधलाई विश्लेषण गर्दै भने, “वहाँहरुले वि’रोध गर्नुको कारण जायज पनि छ । आफुहरुले भोट दिएकोले गर्दा जित्नुपर्छ भन्ने तर्कले हो तर यो सधै हुदैन र यो प्रजातान्त्रिक तरिका समेत भएन । आएको निर्णयलाई स्विकार्नु जरुरी छ र यो संस्कारलाई अगाडि बढाउन जरुरी छ ।”

राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पु¥याउने जानकारी दिइयो ।

चितवन, ललितपुर, रसुवा, तनहुँ, कञ्चनपुर, जुम्ला र सप्तरीमा सो कार्यक्रम सञ्चालनमा आउँदैछ । चितवनका ९८ वडा मार्फत परिचयपत्रको फारम भर्ने काम शुरु हुन लागेको जनाइएको छ । यसका लागि ११७ कर्मचारी नियुक्तिको प्रक्रियामा रहेका छन् ।

ती कर्मचारीलाई २३ वटा समूहमा विभाजन गरी प्रत्येक पालिकाका वडामा पठाइने छ । दुई वर्षमा राष्ट्रिय परिचयपत्र बनाई सक्ने उद्देश्यका साथ सरकारले काम शुरु गरेको हो । पहिलो चरणमा छनोट भएका १५ जिल्लामध्ये सात जिल्लामा काम प्रभावकारी बनाउन लागिएको विभागका निर्देशक शिवराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार व्यक्तिको सबै विवरण लिई परिचयपत्रमा राखिने छ । व्यक्तिगत विवरण राख्न सहज हुने भएकाले परिचय पत्र बनाउन लागिएको हो । नागरिकताका आधारमा विवरण सङ्कलन गर्ने भएकाले बाह्य जिल्लाको नागरिकताको हकमा स्थानीय तहको सिफारिसका आधारमा विवरण भरिने विभागले जनाएको छ ।

Related Articles

Back to top button
Close