स्वास्थ्य/ जिबनशैली

तरिका नजान्दा र लापरवाही गर्दा मास्कले झनै बढाउँछ कोरोनाको जोखिम

एजेन्सी – मास्क लगाउँदा गरिने लापरवाहीताले कोरोना भाइरस संक्रमणको खतरा अझ बढी हुने तर्फ सतर्क रहन विज्ञहरुले सुजाव दिएका छन्। मास्क लगाउँदा गरिने लापरवाहीले भाइरसको जोखिम अझ बढी हुने विज्ञहरुको दावी छ।

एली पेरेन्सभीच, एक संक्रमण रोकथाम विशेषज्ञका अनुसार अधिक व्यक्तिहरुले गलत तरिकाले मास्क लगाउँदा कोरोना भाइरसबाट आफैंलाई दूषित बनाउने गरेका छन्।मास्कले औसत व्यक्तिको रक्षा गर्न नसक्ने उनको दावी छ। सामाजिक संजालमा उनी लेख्छन्,”मास्कले औसत व्यक्तिको रक्षा गर्दैन। किनभने धेरैजस्तो व्यक्तिहरु गलत तरिकाले मास्क लगाउँदछन् र आफैंलाई संक्रमण गराउँछन्।”

उनी थप लेख्छन्,”मैले सार्वजनिक रूपमा मास्क हटाउनु अघि र मास्क हटाए पछि कुनै पनि व्यक्तिले व्यक्तिले हात स्वच्छता अभ्यास गरेको देखेको छैन।”पेरेन्सविच आयोवा कलेज अफ मेडिसिनका मेडिसिन र महामारी विज्ञानका प्राध्यापक हुन्। फोर्ब्स पत्रिकासँग कुराकानी गर्दा पनि उनले मास्क लगाउँदैमा कोरोनाबाट बच्न सकिन्छ भन्न नमिल्ने बताए। मास्क लगाउँदैमा कोरोनाबाट बच्न सकिने भ्रम रहिआएको तर्फ सचेत रहनु पर्ने उनी बताउँछन्।

मास्क लगाएर सार्वजनिक स्थानमा जाँदा पटक पटक मास्क छुने बानिले कोरोना जस्ता भाइरस तथा किटाणु मास्कमा सर्ने उनको तर्क छ। उनी भन्छन्,”स्वस्थ मानिसहरूलाई मास्क लगाउनुले उनीहरूको पूर्ण सुरक्षा गर्छ भन्ने कुरालाई पूरै मान्न सकिँदैन। मानिसहरु गलत तरिकाले मास्क लगाउँछन्, र यसले संक्रमणको जोखिमलाई बढाउँछ किनभने उनीहरू प्रायः आफ्नो अनुहार छोइरहन्छन्।”

सामान्यतया मानिसहरुले सर्जिकल मास्क प्रयोग गर्ने गरेको हुँदा त्यसलाईनै कोरोनाको बचावटको रुपमा लिन नसकिने विज्ञहरु बताउँछन्। सर्जिकल मास्कहरु खुकुलु हुने र लामो समय सम्म लगाउन नसकिने हुँदा पनि संक्रमण सर्ने खतरा रहने विज्ञहरुको दावी छ।

“सार्वजनिक रूपले नियमित रूपमा प्रयोग गर्ने फेस मास्कको सर्जिकल मास्क हो। यो खुल्ला फिटिंग हुन्छ, छोटो अवधिको लागि प्रयोग गरिन्छ र लामो अन्तराल सम्म प्रयोगका लागि यसले विस्तृत सुरक्षा प्रदान गर्न सक्दैन।”,विज्ञान मिडिया सेन्टरले भनेको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अनुसार कोरोनाबाट बच्न अल्कोहल आधारित हात धुने साबुनले हात धुनुपर्ने हुन्छ। यसरी हात नघोई मास्क खोल्न र लगाउन हुँदैन। मास्क लगाउँदा निम्न सतर्कता अपनाउन सकिन्छ।

-मास्क लगाउनु अगाडी राम्रोसँग हात धुने-कुनै पनि सार्वजनिक स्थानमा मास्क खोल्नु पर्दा हातलाई संक्रमण मुक्त गराउने-सर्जिकल र खुकुलो मास्क भन्दा पनि अझ बढी सुरक्षित मास्क लगाउने

सार्वजनिक स्थानमा गएर फर्किएपछि मास्क खोल्नु पर्दा हात धोएर मात्र मास्क खोल्ने

Related Articles

Back to top button
Close