अन्तर्राष्ट्रिय समाचार

अनुसन्धानकर्ताहरुलेले भने -” कोरोना भाइरसले अमेरिकामा २ देखि २२ लाखको ज्यान लिन सक्छ”

एजेन्सी – कोरोना भइरसबाट सङ्क्रमित र मृ-त्यु हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या विश्वभरमा लगभग ८ बजार पुगिसकेको छ।

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका १५४ मुलुकमा पुगिसकेको अवस्था छ। पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण युरोप तथा अमेरिकामा तिब्र गतिमा फैलिरहेको छ।

अमेरिकामा पनि कोरोना फैलिन थालेपछि अनुसन्धानकर्ताहरूले कोरोना प्रति सरकार तथा जनता सावधान नभए अमेरिकामा २ देखि २२ लाख सम्म व्यक्तिको ज्यान जाने प्रक्षेपण गरेका छन्।

सरकार र नागरिकले कोरोना भाइरस (कोभिड-१९) विरूद्ध लड्न बलियो सतर्कता नअपनाएको खण्डमा २२ लाख सम्म अमेरिकी नागरिकको ज्यान जान सक्ने अनुसन्धानकर्ताहरूको दावीलाई उदृत गर्दै न्युयोर्क टाइम्सले समाचार सम्प्रेषण गरेको छ। उसका अनुसार बेलायती अनुसन्धानकर्ताहरुले यस्तो प्रक्षेपण गर्दै चेतवानी दिएका हुन्।यस्तै अमेरिकन सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)ले पनि अमेरिकामा कम्तिमा २ देखि १७ लाखसम्म मानिसको ज्यान जान सक्ने प्रक्षेपण गरिसकेको छ।

अमेरिकामा विभिन्न निकायले कोरोना संक्रमण फैलिएको खण्डमा अमेरिकामा लाखौको ज्यान जाने उल्लेख गर्दै समयमै संयमता अपनाउनु चेतवानी दिरहेका छन्।अमेरिकाका ५० वटै राज्यमा पुगेको कोरोनाको संक्रमण आउने महिनामा झनै तीव्र गतिले फैलिन सक्ने तर्फ अनुसन्धानकर्ताहरूले सतर्क हुनुपर्ने निष्कर्ष निकालेको न्युयोर्क टाइम्सले जनाएको छ।

Related Articles

Back to top button
Close