समाचार

त्रिविको अत्यन्त जरुरी सूचना : चैत्र ६ गतेकाे परिक्षा स्थगित नहुने

त्रिभुवन विश्वविद्यालयले अत्यन्त जरुरी सुचना जारी गरेको छ । सरकारले बुधबार एसईईसहित सबै विश्वविद्यालयको परिक्षा स्थगीत गर्ने घोषणा गरे पनि त्रिविले चैत्र ६ गते परिक्षा स्थगित नहुने सुचना जारी गरेको हो ।सुचनामा भनिएको छ,‘ त्रिभुवन विश्वविद्यालयबाट सञ्चालन भइरहेका परीक्षाहरु २०७६ चैत्र ६ गतेका दिन यथावत सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’यस्तै बाँकी परिक्षाहरुको विषयमा चैत्र ६ गते सूचना प्रकाशन गर्ने जनाएको छ ।

कोरोना भाइरस ‘कोभिड १९ को संक्रमणलाई मध्यनजर गरी क्याम्पस÷कलेजका कक्षा सञ्चालन एवं २०७६ चैत्र ७ गते पछिका परीक्षाहरु सञ्चालन सम्बन्धमा त्रिभुवन विश्वविद्यालयबाट २०७६ चैत्र ६ गते सूचना प्रकाशन गरिनेछ’ सुचनाम भनिएको छ ।सरकारले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय बताएको छ भोलिबाट हुने एसइई परीक्षा पनि रोक्ने यस अघि नै नेकपाको सचिवालय बैठकले निर्णय गरेको थियो । सचिवालयको बैठकले सबै परीक्षा रोक्ने सुझाएपछि बिश्वा विद्यालयको परीक्षा पनि रोक्ने निर्णय भएको हो ।

यसअघि विश्वविद्यालयको परीक्षा सम्बन्धमा निर्णयका लागि बिहीबार पदाधिकारीलाई छलफलका लागि शिक्षा मन्त्रालयमा बोलाउने भनिएको थियो । राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ को परीक्षा भने एक महिनापछि हुने भएकाले हाललाई कुनै निर्णय लिइएको छैन ।

Related Articles

Back to top button
Close