अन्तर्राष्ट्रिय समाचार

चीनद्वारा तीन अमेरिकी पत्रकारलाई देश निकाला

यसअघि चीनले देश निकाला गरेका वाल स्ट्रिट जर्नलका पत्रकारद्वय फिलिप वेन (वायाँ) र जोश चेन बेइजिङ एयरपोर्टमा । तस्वीर : एफएपी५ चैत, काठमाडौं । चीनले अमेरिकाका थप तीन जना पत्रकारहरुलाई देश निकाला गर्ने निर्णय गरेको छ । न्यूयोर्क टाइम्स, द वाल स्ट्रीट जर्नल र वाशिङ्गटन पोष्टका पत्रकारहरुलाई देश निकाला गर्ने निर्णय गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयले ती पत्रकारहरुलाई १० दिनभित्र चीन छाड्न भनेको हङकङबाट सन्चालित साउथ चाइना मोर्निङ पोष्टको अनलाइन संस्करणले उल्लेख गरेको छ ।अमेरिकासँग सम्बन्ध बिग्रिएका बेला चीनले ती पत्रकारहरुको प्रेस अनुमति रद्द गर्दै देश छाड्न भनेको छ । यसलाई अमेरिकाप्रति चीनको भयङ्कर प्रतिशोधको रुपमा लिइएको छ ।

यसअघि पनि चीनले वाल स्ट्रिट जर्नलका पत्रकारहरुलाई देश निकाला गर्ने निर्णय गरेको थियो ।

Related Articles

Back to top button
Close