समाचार

“टेस्ट नै नगरी संक्रमित छैनन् भन्दै सरकारले ढाँट्याे, टेस्ट गर्ने किट पनि भिआइपीका लागि लुकाइयो”

वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले कोरोना भाइरस संक्रमणको आशंका गरिएका व्यक्तिहरुको परिक्षणनै नगरिएको आरोप लगाएका छन्।मंगलबार राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै डा।दीक्षितले भाइरस परीक्षण नै नगरी सरकारले संक्रमण देखिएको दावी गर्दै आएको आरोप लगाएका हुन्।

“हामीलाई के भनिएको छ भने हाम्रो यहाँ त आएकै छैन, एउटालाई मात्रै देखिएको थियो, नेपालमा त कोरोना भाइरस छँदै छैन्, टेस्ट नै नगरेपछि कहाँबाट हुन्छ त ?”,उनले भने।भाइरस परीक्षण नै नगरी सरकारले संक्रमण देखिएको छैन भन्दै जनतालाई धोका दिएको उनको आरोप छ। उनले सरकारसँग कोरोना भाइरसको परीक्षण गर्ने किट नै नभएको दावी समेत गरेका छन्।

सरकारस भएका केहि किट भिआइपीको परीक्षणका लागि मात्र प्रयोग गरिएको आरोप लगाउँदै उनले आक्रोस समेत पोखेका छन्। एक दिनअघि मात्रै इटलीबाट प्रशिक्षणका लागि आएका एक जना व्यक्तिलाई ज्वरो र खोकी लागेको भए पनि सरकारले परीक्षण नगरिदिएको पनि उनले खुलासा गरे।

“अझ खतरनाक कुरा, जति किट छ रे त्यो खालि भिआइपिको लागि, त्यो कति सत्य हो, त्योचाहिँ भन्न सक्दिनँ र अरू तीनवटा कुराचाहिं विलकुल सत्य हुन्।”,सरकारसँग किट समेत नभएको दावी गर्दै उनले भने।

Related Articles

Back to top button
Close