समाचार

काभ्रेको पनौतीमा टिपरको ठ’क्करबाट आमा-छोरीको मृ’त्यु

काभ्रेको पनौतीमा टिपरको ठ’क्करबाट आमा-छोरीको मृ’त्यु भएको छ । बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठ’क्कर दिदाँ आमा-छोरी ग’म्भीर घा’इते भएका उनीहरुको उपचारका क्रममा अस्पतालमा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । खानीखोला गाउँपालिका वडा नम्बर १ का २७ बर्षीय सुनीमाया तामाङ र उहाँका छोरीको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी कुमार विक्रम थापाले बताए ।

टिपरको ठ’क्कर बाट गम्भीर घाइते भएकी उनि सडकमै छ’टपटाई रहेकी थिइन । टिपर चालक रोशी गाउपालिका वडा नम्बर ६ घर भएका ३५ बर्षीय नबराज थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आमा–छोरीकै मृ’त्यु भएपछि अहिले पनौतीमा स्थानीयले प्र’र्दशन गरेका छन् ।

नेपालका लागि ड्याट्सन तथा निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालीले कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्तलाई ड्याट्सन रेडी गाे १.० हस्तान्तरण गरेको छ ।पायोनियर मोटो कर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले २०७६ चैत्र १ गते ललितपुर च्यासलकाे स्टुडियोमा सम्पन्न कमेडी च्याम्पियनको ग्राण्ड फिनालेमा ड्याट्सन रेडी गो १.० काे साँचो हस्तान्तरण गरेका हुन् ।फाइनलमा सुमन काेइराला ‘दले दाइ’ र खड्गबहादुर पुन मगर ‘खबपु’ लाई पछि पार्दै हिमेश विजेता भएका थिए ।

उक्त कार्यक्रम कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गरिएको थियो। फाइनलमा अथितिको रुपमा वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) तथा दिनेश डिसीको उपस्थित थियो। आचार्यले विजेताको नाम घोषणा गरेका थिए। ‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई निर्णायकको भूमिका थिए।

Related Articles

Back to top button
Close