मनोरंजन

‘प्रभास सबैभन्दा नजिकको साथी’ भन्दै अनुष्काले खुलाईन प्रेम-सम्बन्ध

फिल्म ‘बाहुबली’ मा देवसेनाको भूमिका निभाएकी अभिनेत्री अनुष्का शेट्टीले हालै एक अन्तर्वार्तामा आफ्नो निजी जिन्दगीसँग सम्बन्धित कुरा शेयर गरेकी छन् । यसै क्रममा उनले पहिलो पटक मिडियासँग आफ्नो करियर , बिहे र नजिकको साथीको बारेमा कुरा गरिन् । अभिनेत्रीले प्रभासलाई आफ्नो राम्रो साथी रहेको बताईन्। साथै शुटिंगको समयको पहिलो दिन उनले कुनै पनि काम बुझेकी थिइनन् र उनी सेटबाट भाग्न चाहन्थिन भन्ने कुरा पनि बताएकी थिइन् ।

अनुष्काले बताईन्,”२००५ सालमा जब मैले आफ्नो डेब्यू फिल्म ‘सुपर’ को शूटिंग गरिरहेकी थिए तब म सेटबाट भाग्न चाहन्थे । इंडस्ट्रीमा प्रवेश गर्दा म साच्चै क्लु लेस थिए । यो बुझ्न मलाई लगभग दुई बर्ष लाग्यो । मेरो वरपरका मानिस धेरै सहयोगी थिए, तर म आफूलाई कमजोर सम्झेर आफूलाई सुधार गर्ने कोसिस गरिरहे । कुनै पनि प्रोफेशनले तपाईको लाइफको बारेमा फिल्म इंडस्ट्रीले भन्दा राम्रो सिकाउदैन्। म निकै लजालु छु र अझै पनि क्यामेराको अगाडी कम्फर्टेबल महसुस हुदैन छैन । यसैकारण म सेल्फी धेरै लिने गर्दिन र सोशल मिडियामा एक्टिभ रहदिन ।’

अभिनेत्रीले अगाडी भनिन्, ‘फिल्मको शूटिंग नहुदा मलाई फोटोग्राफी र ट्राभल गर्न मनपर्छ । यस बाहेक बाल्यकालमा साथीको एउटा सानो ग्रुप थियो । प्रभासलाई म १५ वर्षदेखि चिन्छु र उनी मेरो सबैभन्दा प्रिय साथी हुन्। यदि मलाई बिहान ३ बजे केहि समस्या भयो भने पनि म प्रभासलाई भन्न सक्छु। हाम्रो नाम यसैले जोडियो किनकी हामी दुवै विवाहित छैनौ र स्क्रीनमा मान्छेहरुलाई हाम्रो जोडी मनपर्छ । हामी कुनै पनि इमोशनल लुकाउन सक्दैनौं। मैले ब्याक टु ब्याक थुप्रै फिल्ममा काम गरे। त्यसपछि चोट लाग्यो र मैले तीन हप्ता बेड रेस्ट लिए । यसैक्रममा मेरो तौल बढ्यो र इंडस्ट्रीको नेचर यस्तो छ कि यहाँ जे पनि लेख्न पाईन्छ। मेरो तौल र लिंक अप्सको बारेमा धेरै लेखिएको थियो । यस्तो खालको हल्लालाई मैले जिन्दगीमा वास्ता गरेकी छैन । जसले मेरो बारेमा लेख्छन् उनीहरुको पनि दाईभाई, दिदि-बहिनी होला । यस्तो मान्छेको कारण मैले टिभी हेर्न र न्युज पढ्नसम्म छोडदिए ।’

Related Articles

Back to top button
Close