लुकाएको १० लाख थान मास्क भेट्टाएको प्रहरीले खाना पकाउने ग्याँस लुकाउनेहरुलाई पनि ठेगान लगाउने
कोभिड–१९ को आडमा कालोबजारी गर्ने ठूलो गिरोहलाई नै प्रहरीले कानुनी दायरामा ल्याउन कारवाही प्रक्रिया अगाडी बढाइरहेको छ । शनिबार मात्रै प्रहरीले काठमाडौँका विभिन्न गोदाममा छापा हानेर ७८ हजार थान मास्क बरामद गरे लगत्तै आइतबार पनि विभिन्न ठाउँमा छापा हान्दा साँझसम्म ठूलो संख्यामा मास्क बरामद हुन पुगेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शनिबारदेखि शुरु गरेको अभियानअन्तर्गत आइतबार साँझसम्म गरी १० लाख थानभन्दा बढी मास्क बरामद भइसकेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरी स्रोतका अनुसार काठमाडौंमा ग्यास सिलिन्डर र सेनिटाइजर लुकाएका गिरोहहरुको पनि प्रहरीले खोजी गरिरहेको छ ।खाना पकाउने एलपी ग्यासका सिलिन्डरदेखि मास्क र सेनिटाइजर समेत लुकाइएको र छिट्टै नै तथ्य सत्य बाहिर ल्याउने अभियानमा प्रहरी लागेको छ ।
युरोपका मुलुकमा म हा मा रीकै रुपमा फैलिएको कोरोना चीनमा भने घट्दै गएको छ । चीनवाटै सुरु भएको कोरोना भाइसर ९कोभिड–१९० अहिले युरोपका देशमा बढ्दै गएको छ । चीनमा भने प्रभावितको संख्या ह्वात्तै घटेको छ ।
चीनमा कोरोना भाइरसका कारण तीन हजार दुई सय १३ जनाको ज्यान गएको छ भने ८० हजारभन्दा बढीमा रोग देखिइसकेको छ । तर पछिल्ला दिनमा कोरोना लागेका र ज्यान गुमाउनेको सङ्ख्या स्थिर जस्तै छ । आइतबार चीनमा १६ जना नयाँ व्यक्तिमा भाइरस देखिएको थियो भने १४ जनाले ज्यान गुमाएका थिए ।
८० हजारभन्दा बढीमा कोरोना देखिएकोमा ६७ हजार सात सय ५८ जना उपचारपछि घर फर्किएका छन् । अहिले चीनमा कोरोना बिरामीको सङ्ख्या १० हजारभन्दा कम छ । ९ हजार आठ सय ८९ जनाको उपचार भइरहेको छ । उपचार गराइरहेका मध्ये तीन हजार दुई सय जना ग म्भीर छन् ।